भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

एजेन्सी, २० साउन । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रूस–युक्रेन युद्धमा चीन, पाकिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान र केही अफ्रिकी मुलुकका भाडाका सैनिकहरू संलग्न रहेको आरोप लगाएका छन्।

पूर्वी युक्रेनको वोवचान्स्क क्षेत्रमा खटिएका युक्रेनी सैनिकहरूको मनोबल बढाउन गएका राष्ट्रपति जेलेन्स्कीले त्यहाँ सैनिक कमान्डरहरूसँग फ्रन्टलाइनको स्थिति बारे जानकारी लिएका थिए।

सामाजिक सञ्जाल X (पूर्व ट्विटर) मार्फत राष्ट्रपति जेलेन्स्कीले ती विदेशी सैनिकहरूको सहभागिताप्रति आपत्ति जनाउँदै त्यसको “प्रतिकार” गर्ने चेतावनी दिएका छन्।

यसअघि सन् २०२४ को अक्टोबरमा पनि उत्तर कोरियाली सैनिकहरू युक्रेनमा रूसी सेनाको पक्षमा खटाइएको खबरहरू सार्वजनिक भएका थिए।