भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

एजेन्सी, २३ जेठ । भारतमा सामाजिक सञ्जालमार्फत चर्चामा आएको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले आज राजधानी दिल्लीमा प्रदर्शन गर्ने तयारी गरेको छ।

विशेषगरी शिक्षामन्त्रीविरुद्ध केन्द्रित यो शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने तयारी गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। पार्टीले परीक्षा अनियमितता र शैक्षिक प्रणालीमा देखिएका समस्याको विरोध गर्दै आन्दोलन अघि बढाएको हो।

पार्टीका संस्थापक अभिजीत डिप्के हाल अमेरिकाबाट नयाँ दिल्ली आइपुग्नुभएको छ। अमेरिकाको बोस्टन विश्वविद्यालयका ३० वर्षीय स्नातक डिप्के यसअघि राजनीतिक सञ्चार रणनीतिकारका रूपमा आम आदमी पार्टीसँग पनि जोडिनुभएको बताइएको छ।

उहाँले मे १६ मा व्यङ्ग्यात्मक शैलीमा ‘कक्रोच जनता पार्टी’ (CJP) स्थापना गर्नुभएको थियो, जसले छोटो समयमै सामाजिक सञ्जालमा व्यापक ध्यान आकर्षित गरेको छ।

यो अभियान सर्वोच्च अदालतका एक टिप्पणीपछि सुरु भएको बताइएको छ, जसमा युवालाई आलोचनात्मक रूपमा ‘कक्रोच’ र ‘परजीवी’ भनिएको थियो। त्यसपछि उक्त शब्दलाई व्यङ्ग्यात्मक रूपमा अपनाउँदै आन्दोलन अघि बढाइएको हो।

पार्टीले केन्द्रिय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेको छ। साथै, आन्दोलनलाई शान्तिपूर्ण राख्न र भीडभाड नगर्न समर्थकलाई आग्रह गरिएको छ। खबर अनुसार, भारतीय शैक्षिक तथा वातावरण अभियन्ता सोनाम वाङचुक पनि आजको प्रदर्शनमा सहभागी हुने सम्भावना रहेको छ।