भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

एजेन्सी, २१ असार । इरानका पूर्व सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टि समारोहमा तेहरानमा लाखौँ मानिस सहभागी भएका छन्।

इरानी अधिकारीहरूले समारोहमा अत्यधिक जनसहभागिता हुने अपेक्षा गरेका छन् भने विभिन्न देशका प्रतिनिधिमण्डल पनि अन्त्येष्टिमा सहभागी भइरहेका छन्।

राज्यस्तरीय अन्त्येष्टि कार्यक्रम केही दिनसम्म विभिन्न शहरमा सञ्चालन हुने छ। तेहरानपछि धार्मिक शहर कुम हुँदै अन्तिम संस्कार जुलाई ९ मा खामेनीको गृहनगर मशहदमा सम्पन्न गरिने कार्यक्रम रहेको छ।

यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्त्येष्टि अवधिभर अमेरिका–इरानबीच सैन्य कारबाही नहुने र त्यसपछि वार्ता पुनः सुरु गर्ने वातावरण बनाउन सकिने बताएका छन्।

यद्यपि गाजा र दक्षिणी लेबनानमा इजरायली सैन्य कारबाही जारी रहेको तथा क्षेत्रीय तनाव पूर्ण रूपमा अन्त्य नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

इरानी सरकारी विवरणअनुसार खामेनीको गत फेब्रुअरी २८ मा अमेरिका–इजरायलको संयुक्त हवाई आक्रमणमा निधन भएको थियो। त्यसयता उनका छोरा मोज्तबा खामेनीले सर्वोच्च नेताको जिम्मेवारी सम्हालेका छन्।

सन् १९८९ देखि करिब ३६ वर्षसम्म इरानको नेतृत्व गरेका खामेनीले देशको राजनीतिक, धार्मिक र सुरक्षा नीतिमा निर्णायक भूमिका खेलेका थिए। उनको नेतृत्वमा इरानले अमेरिका र इजरायलप्रति कडा विदेश नीति अपनाउँदै क्षेत्रीय प्रभाव विस्तार गरेको मानिन्छ।

मुख्य बुँदा

युद्ध अन्त्यको घोषणापछि कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट

ब्रेन्ट क्रुड करिब ३.९ प्रतिशत र अमेरिकी क्रुड ४.८ प्रतिशतले घट्यो

इरानसँगको सहमति र नाकाबन्दी हटाउने घोषणाले बजारमा सकारात्मक प्रभाव

हर्मोज जलमार्ग खुलाउने तयारीले आपूर्ति सहज हुने अपेक्षा

ऊर्जा बजारमा राहत देखिए पनि दीर्घकालीन चुनौती अझै बाँकी

काठमाडौं, १ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने ऐतिहासिक सहमति भएको र इरानमाथिको नौसैनिक नाकाबन्दी हटाउने घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा घटेको छ।

यस घोषणापछि विश्व ऊर्जा बजारमा सकारात्मक प्रभाव परेको छ। ब्रेन्ट क्रुडको मूल्य करिब ३.९ प्रतिशतले घटेर प्रतिब्यारेल झन्डै ८४ अमेरिकी डलरमा पुगेको छ भने अमेरिकी क्रुडको मूल्य ४.८ प्रतिशतले घटेर प्रतिब्यारेल करिब ८१ डलरमा झरेको छ।

यसअघि पनि सम्भावित सम्झौताका संकेतपछि तेलको मूल्य घट्दो क्रममा थियो। नयाँ सहमतिले ऊर्जा आपूर्ति सहज हुने अपेक्षा बढेसँगै बजारमा थप राहत देखिएको हो।

सम्झौताअनुसार इरानी बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दी हटाउने र विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्ग ‘स्ट्रेट अफ हर्मोज’लाई पुनः सहज रूपमा सञ्चालन गर्ने तयारी गरिएको जनाइएको छ। यसले अन्तर्राष्ट्रिय तेल आपूर्तिमा सुधार आउने विश्वास गरिएको छ।

यद्यपि विश्लेषकहरूका अनुसार युद्धबाट प्रभावित पूर्वाधारको पुनर्निर्माण, बन्द तेलकुवा पुनः सञ्चालन, आपत्कालीन पेट्रोलियम भण्डारण पुनः भर्ने कार्य तथा जलमार्गको पूर्ण सुरक्षा सुनिश्चित गर्न समय लाग्ने भएकाले तेलको मूल्य दीर्घकालसम्म न्यून रहन्छ भन्ने निश्चित छैन।

युद्ध अन्त्यको खबरसँगै अमेरिकी सेयर बजारको फ्युचर्समा पनि सुधार देखिएको छ। डाउ फ्युचर्स, एस एन्ड पी ५०० र नास्डाक फ्युचर्स सूचकहरूमा वृद्धि भएको जनाइएको छ।

काठमाडौं, २३ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले हर्मुज जलमार्गमा फसेका जहाजहरू उद्धार गर्न बनाइएको ‘प्रोजेक्ट फ्रिडम’ योजना अस्थायी रूपमा स्थगित गर्ने घोषणा गरेका छन्।

हर्मुज क्षेत्रमा इरानी अवरोधका कारण तेल बोकेका सयौँ जहाज रोकिएपछि अमेरिकी वायु सेना र लडाकु विमानको सहयोगमा ती जहाज बाहिर निकाल्ने योजना सार्वजनिक गरिएको थियो। उक्त अभियानलाई ‘प्रोजेक्ट फ्रिडम’ नाम दिइएको थियो।

तर पछिल्लो निर्णयअनुसार उक्त योजना तत्कालका लागि स्थगित गरिएको ट्रम्पले बताएका छन्। उनले इरानसँग संवाद भइरहेको र सम्भावित सम्झौतामा प्रगति देखिएको उल्लेख गर्दै वार्तालाई अवसर दिन यो निर्णय गरिएको स्पष्ट पारे।

यद्यपि, इरानको तर्फबाट यस विषयमा तत्काल कुनै औपचारिक प्रतिक्रिया आएको छैन। दुबै देशबीच शान्ति वार्ताका प्रयास जारी रहे पनि ठोस निष्कर्ष भने निस्कन सकेको छैन।

इरानी विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तानको मध्यस्थतामा वार्ता अगाडि बढिरहेको जानकारी दिएका छन्। क्षेत्रीय तनावबीच कूटनीतिक पहललाई प्राथमिकता दिइँदै आएको छ।