एजेन्सी । युक्रेनमा जारी युद्धको सन्दर्भमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब युद्धविरामको जिम्मेवारी युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलिन्स्कीको हातमा रहेको बताएका छन् । शुक्रबार अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछिको अन्तर्वार्तामा ट्रम्पले यस्तो बताएका हुन् ।

फक्स न्युजसँगको कुराकानीमा ट्रम्पले आफू, पुटिन र जेलिन्स्कीबीच त्रिपक्षीय बैठक हुने तयारी भइरहेको खुलासा गरेका छन् । यद्यपि सम्झौताका बुँदा भने उनले विस्तृत रूपमा खुलाएका छैनन् । “अब यो पूरा गर्ने जिम्मा राष्ट्रपति जेलिन्स्कीको हो । हामी त्रिपक्षीय बैठकको तयारीमा छौं,” ट्रम्पले बताएका छन् ।

“हामी धेरै कुरामा सहमत भयौं” — ट्रम्प

ट्रम्पका अनुसार, पुटिनसँगको वार्तामा भूमि अदलाबदली र युक्रेनका लागि अमेरिकाबाट सुरक्षा आश्वासन जस्ता विषयमा “धेरैजसो सहमति” भएको छ । उनले बैठकलाई “१० मध्ये १० अंक” दिँदै भने, “यो अर्थमा कि हामी निकै राम्रोसँग मिल्यौं ।” “हामी युद्ध अन्त्यको धेरै नजिक छौं । तर अन्ततः युक्रेनले सहमत हुनुपर्छ,” ट्रम्पले भने ।

ट्रम्पले पुटिनलाई “बलियो र कडा नेता” को संज्ञा दिँदै वार्ता “न्यानो माहौल” मा सम्पन्न भएको बताएका छन् । यद्यपि उनले जेलिन्स्कीको सहमतिबेगर कुनै अन्तिम सम्झौता सम्भव नहुने स्पष्ट पारे ।

युद्ध प्रारम्भपछि रुसमाथि कडा प्रतिबन्धको पक्षमा उभिएका ट्रम्पले अहिले भने त्यसबारे लचकता देखाएका छन् । “आजको बैठकले अहिले त्यसबारे सोच्न जरुरी छैन । सायद दुई–तीन हप्तामा फेरि सोच्नुपर्ने हुन सक्छ, तर अहिले होइन,” ट्रम्पले स्पष्ट पारे ।

मुख्य बुँदा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफलाई ‘अर्डर अफ लेनिन’ पुरस्कार दिए

पुरस्कार सोभियत युगको एक प्रतिष्ठित नागरिक सेवा सम्मान 

विटकफलाई पुरस्कार दिनुको कारण उनका पिता, जो सीआईएका वरिष्ठ अधिकारी थिए

विटकफले युक्रेन युद्ध अन्त्य गर्ने योजना बारे पुटिनसँग छलफल गरेका थिए।

रुसले आधिकारिक रूपमा यो पुरस्कार मरणोपरान्त दिएको पुष्टि भने गरेको छैन।

यो खबर अमेरिकी रुसबीच आगामी शिखर बैठकको तयारीको बीच आएको हो।

मस्को, २५ साउन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफलाई ‘अर्डर अफ लेनिन’ पुरस्कार हस्तान्तरण गरेका छन्। यो पुरस्कार सोभियत युगको उत्कृष्ट नागरिक सेवाको लागि दिइने सम्मान हो।

स्टिभ विटकफलाई यो पुरस्कार विशेष रूपमा दिने निर्णय गरिएको छ किनभने उनी सीआईएका एक वरिष्ठ अधिकारी जुलियन ग्यालिनाका २१ वर्षीय छोरा माइकल ग्लोससँग जोडिएका छन्, जो गत वर्ष युक्रेन युद्धमा रुसको पक्षमा लड्दा मृत्यु भएका थिए।

यसअघि विटकफले युक्रेन युद्धको अन्त्य गर्ने योजना बारे छलफल गर्न राष्ट्रपति पुटिनलाई भेटेका थिए। यो पुरस्कार प्रदान गर्ने खबर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १५ मा अलास्कामा पुटिनसँग शिखर बैठक गर्ने तयारी गरिरहेको समयमा सार्वजनिक भएको हो। तर, रुसी पक्षले आधिकारिक रूपमा माइकल ग्लोसलाई मरणोपरान्त यो पुरस्कार दिइएको पुष्टि भने गरेको छैन।

‘अर्डर अफ लेनिन’ सोभियत युगको एक प्रतिष्ठित पुरस्कार हो जुन उत्कृष्ट नागरिक सेवा, देशप्रतिको योगदानका लागि दिइन्छ। यसप्रकारको सम्मान पुटिनले विटकफलाई दिने निर्णयले द्विपक्षीय सम्बन्धमा नयाँ मोड ल्याउन सक्ने सम्भावना छ।

एजेन्सी, ३१ असार । रुस-युक्रेन युद्ध रोक्न थुप्रै प्रयास भइरहेका बेला पनि रूसी आक्रमण नरोकिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई थप सैन्य सहयोग दिने घोषणा गरेका छन् । बीबीसीका अनुसार राष्ट्रपति ट्रम्पले युक्रेनलाई अत्याधुनिक पैट्रियट हवाई प्रतिरक्षा प्रणाली (Patriot Air Defense System) पठाउने घोषणा गर्नुभएको हो। ट्रम्पले यसअघि पनि युक्रेनलाई महँगा र आधुनिक हतियार पठाउने योजना सार्वजनिक गरिसक्नुभएको थियो।

नाटो प्रमुख मार्क रुटेसँगको भेटपछि, ट्रम्पले युरोपेली देशहरूलाई युक्रेन सहयोगका लागि अमेरिकी पैट्रियट प्रणाली प्रयोग गर्न आग्रह गर्नुभएको छ। रुटेले युक्रेनलाई आवश्यक सैन्य सामग्री युरोपमै व्यवस्थापन गरिने र त्यसको आर्थिक बोझ युरोपेली मुलुकहरूले बहन गर्ने जानकारी दिनुभएको छ।

ट्रम्पले चेतावनी दिँदै भने,“५० दिनभित्र शान्ति सम्झौता नभए रुससँग व्यापार गर्ने मुलुकहरूमाथि १०० प्रतिशत भन्सार कर लगाइनेछ।” उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘कडा मान्छे’ भन्दै कूटनीतिले मात्र समाधान नहुने दाबी गरे । ट्रम्पको यस्तो कडा भाषामा आएको अभिव्यक्ति पछिल्ला दिनमा रुसप्रति अमेरिकाको आक्रोशपूर्ण धारणा प्रकट भएको संकेत मानिएको छ।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले ट्रम्पको घोषणालाई स्वागत गर्दै सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभएको छ। हालसम्म रुसको औपचारिक प्रतिक्रिया आएको छैन। तर रूसी विश्लेषकहरूले ट्रम्पको भनाइलाई “खाली धम्की” भन्दै खारेज गरेका छन्।

युद्धले तीन वर्ष पार गरिसकेको अवस्थामा अमेरिकाले यसअघि घोषणा गरेको हथियार आपूर्ति रोक्ने निर्णय उल्टाउँदै ट्रम्पले नयाँ सम्झौता घोषणा गर्नुभएको हो। नयाँ सम्झौताअनुसार युक्रेनमा पठाइने केही हतियारको भुक्तानी नाटोबाट गरिनेछ, जसले युरोप-अमेरिका सहयोगलाई थप मजबुत बनाउने संकेत गर्छ।