भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्कामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँग ह्वाइट हाउसमा वार्ता गरेका छन् । यस पटक ट्रम्प र जेलेन्स्कीबीच तालमेल देखिएको छ ।

पत्रकारहरूसँगको भेटमा ट्रम्पले युद्धविरामबारे भने, “अमेरिका कुनै पनि शान्ति सम्झौतामा सुरक्षा ग्यारेन्टी दिन सहभागी हुनेछ । तर तत्काल युद्धविराम सम्भव छैन ।” बैठककै क्रममा ट्रम्पले पुटिनलाई करिब ४० मिनेट फोन गरेका थिए । क्रेमलिनका अनुसार, सो वार्तामा पुटिनले १५ दिनभित्र जेलेन्स्कीसँग प्रत्यक्ष भेट गर्न सहमति जनाए ।

युरोपेली नेताहरूको पहलमा भएको वार्तामा युक्रेनलाई अमेरिकी–युरोपेली सुरक्षा ग्यारेन्टीबारे छलफल भयो । जेलेन्स्कीले युरोपको लगानीमा ९० अर्ब डलरका अमेरिकी हतियार खरिद गर्ने योजना सार्वजनिक गरे । साथै, युक्रेन आफैंले ड्रोन उत्पादन गर्ने र अमेरिकाले त्यसको केही भाग खरिद गर्ने पनि उनले बताए । जेलेन्स्कीले भने, “युद्ध अन्त्य गर्न कूटनीतिक बाटो अपनाउँछु, तर जमिनको साटफेर स्वीकार्दिनँ । युद्ध जारी रहँदा राष्ट्रपति चुनाव सम्भव छैन।”

ब्रिटिश प्रधानमन्त्री किर्स स्टार्मरले जेलेन्स्कीलाई ट्रम्पसँग कूटनीतिक व्यवहार गर्न विशेष सल्लाह दिएका थिए । त्यसकै आधारमा जेलेन्स्की यसपटक युद्धकालीन पोसाक छाडेर सुटमा देखिएका थिए । तर, रूसले भने युक्रेनमा नाटो देशका सैनिक तैनातीलाई कडाइका साथ अस्वीकार गर्ने चेतावनी दिएको छ ।

जर्मन चान्सलर फ्रेडरिक मर्जका अनुसार, आगामी दुई साताभित्र पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष भेट सम्भावना बढेको छ ।