भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

एजेन्सी। रूसले साइबेरिया र अलास्काबीच समुद्रमुनी सुरुङ निर्माण गर्ने प्रस्ताव अघि सारेको छ। कतारी सञ्चारमाध्यम अलजजीरा का अनुसार, यो परियोजना अमेरिकी द बोरिङ कम्पनीको सहकार्यमा निर्माण गर्न सकिने योजना रहेको छ।

सुरुङ झन्डै ११२ किलोमिटर लामो हुनेछ र यसले रेलमार्ग र मालवाहक मार्गको रूपमा दुई देशबीच संयुक्त स्रोत अन्वेषण र ऊर्जा सहयोग गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। रूसी पक्षले यो परियोजनालाई ‘पुटिन–ट्रम्प टनेल’ नाम दिएका छन्।

यस प्रस्तावलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सकारात्मक प्रतिक्रिया दिएका छन्। तर, युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले यसप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ। साथै, ट्रम्प र पुटिन दुई हप्ताभित्र युक्रेन युद्धबारे छलफल गर्न बुडापेस्टमा भेटवार्ता गर्ने योजना रहेको छ।