भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियामा इसाई धर्मावलम्बीमाथि भइरहेको अत्याचार रोक्न सैन्य कारबाही गर्ने चेतावनी दिएका छन्।

ट्रम्पले पश्चिम अफ्रिकी राष्ट्र नाइजेरियामा इसाईहरूको हत्या बढेको दाबी गर्दै अमेरिकी रक्षा मन्त्रालयलाई आवश्यक तयारी गर्न निर्देशन दिएको बताएका छन्।

उनले नाइजेरिया सरकारले शीघ्र ठोस कदम नचाले अमेरिकाले सैन्य हस्तक्षेप गर्नसक्ने चेतावनी दिएका हुन्। ट्रम्पको भनाइमा, यदि अमेरिकी सेना पठाउनुपर्ने अवस्था आयो भने, त्यसले “इस्लामिक चरमपन्थीहरूको अस्तित्व नै समाप्त गर्ने गरी कारबाही” गर्नेछ।

उनले नाइजेरियालाई दिइने सहायता र सहयोग तुरुन्तै रोक्ने पनि घोषणा गरेका छन्। सो चेतावनी उनले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मा पोस्ट गर्दै दिएका हुन्।

यसअघि नाइजेरियाका राष्ट्रपति बोला अहमद टिनुबुले देशमा धार्मिक असहिष्णुता भएको दाबी अस्वीकार गर्दै आफ्नो सरकारले धार्मिक स्वतन्त्रताको रक्षा गरिरहेको बताएका थिए।