भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

झापा ४ माघ । झापाको माटोमा अम्लीयपन बढ्दै गएको छ। माटोमा प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस र पोटासहरू सन्तुलित मात्रामा हुनुपर्छ। तर, कृषि ज्ञान केन्द्र झापाले हालै दमक नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा सञ्चालन गरेको मोटो परीक्षण घुम्ती शिविरबाट आएको नतिजामा अधिकांश नमूनामा यी तत्वहरू न्यून मात्रमा छन्। यसले माटोको स्वास्थ्य बिगिँदै गएको देखिन्छ।

दमकमा ५२ र बुद्धशान्तिमा ५२ वटा गरी १०४ माटोको नमूना परीक्षण गर्दा करिब ६० प्रतिशत नतिजामा माटो अम्लीय रहेको पाइएको कृषि ज्ञान केन्द्र झापा प्रमुख सागर विष्टले जानकारी दिए। ‘माटोमा कम्तीमा दुई प्रतिशत प्राङ्गारिक तत्व हुनुपर्छ, तर अधिकांश नमूनाको परीक्षणमा डेढ प्रतिशतभन्दा माथि छैन’, उनले भने, ‘माटोमा प्राङ्गारिक तत्त्व क्रमशः कम हुँदै गइरहेको छ।’

त्यस्तै, दमकको ५२ माटोको नमूनामध्ये २७ वटा नमुनामा नाइट्रोजनको मात्रा न्यून मात्रामा रहेको पाइयो। ४५ नमुनामा पोटासको मात्रा न्यून रहेको पाइएको छभने ३० वटा माटोको नमूनामा फस्फोरसको मात्रा न्यून रहेको पाइएको छ। केही नमुनामा यी तत्त्वको मात्रा मध्यम र केहीमा अत्यधिक रहेकोसमेत पाइएको छ। यस्तै, बुद्धशान्तिमा गरिएको ५२ वटा परीक्षणमा समेत माटोको अवस्था करिबकरिब दमककै जस्तै रहेको छ।

माटो परीक्षणपछि किसानलाई खेतमा गोबर ९कम्पोष्ट० मल र हरियो मलको प्रयोग गर्न सुझाव दिइएको छभने माटाको अम्लीयपन घटाउन कृषि चुनको प्रयोग गर्न सिफारिस गरिएको कार्यालय प्रमुख विष्टले बताए।

विस्तारै असर देखिने

हाल झापामा माटोको गुणस्तर खस्कँदै गए पनि धान र मकैको उत्पादकत्व वृद्धि भएको तथ्याङ्कले देखाउँछ। रासायनिक मलको प्रयोग बढिरहेकाले उत्पादन वृद्धि भएको कार्यालय प्रमुख विष्ट बताउनुहुन्छ।

‘किसानले पहिला एक बिघामा ८० मन धान फलाउन जति मल प्रयोग गर्नुपर्थ्यो अहिले त्यसको डेढ गुणा हाल्नुपर्ने अवस्था छ’, उनले भने, ‘तत्काल असर नदेखिए पनि यसले दीर्घकालीन रूपमा असर गर्छ।’

माटोको गुणस्तर सुधारका लागि कार्यालयले गत वर्षमात्र करिब ४२ टन कृषि चुन वितरण गरेको थियो। स्थानीय तहले पनि कृषि चुन वितरण गरिहेकाले यो वर्ष कार्यालयबाट कृषि चुन वितरण गरिएको छैन। माटो सुधारका लागि बाली लगाउनुभन्दा करिब ३० दिनअघि मात्रा मिलाएर कृषि चुनको प्रयोग गर्न प्रमुख विष्टको भनाइ छ।

झापामा हाल एउटा मात्र माटो परीक्षण केन्द्र छ। कनकाई नगरपालिकास्थित सुरुङ्गामा मात्र माटो परीक्षण केन्द्रबाट वार्षिक दुई हजारदेखि दुई हजार ५०० वटासम्म माटो नमूना परीक्षण हुँदै आएको छ।

हरेक पालिकाले माटो परीक्षण गर्ने सामान्य भए पनि ल्याब राख्नुपर्नेमा कृषि ज्ञान केन्द्र प्रमुख विष्टले जोड दिनुभयो। ‘एउटा मात्र ल्याबले सबैतिरको काम गर्न गाह्रो हुन्छ’, उनले भने, ‘केही पालिकाको कृषि शाखाले सामान्य माटो परीक्षणको काम गरिरहेका छन्, सबै पालिकाले सामान्य भए पनि ल्याब राख्न आवश्यक छ। रासस