भर्खरै : Sorry, your browser does not support inline SVG.

काठमाडौं, २९ वैशाख । इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ लामबगरस्थित सिस्नेरी–दक्षिणकाली सडकखण्डमा ईभी गाडी दुर्घटना हुँदा नौ जना भारतीय नागरिक घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार राति करिब ११ः१० बजे काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०१–०३३ च ५२५८ नम्बरको ईभी गाडी ब्रेक फेल भई सडकको दाहिनेपट्टिको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनापछि जिल्ला प्रहरी कार्यालय मकवानपुर अन्तर्गत प्रहरी चौकी खानिखेतबाट प्रहरी सहायक निरीक्षक मनोजकुमार यादव र प्रहरी चौकी सिस्नेरीबाट प्रहरी सहायक निरीक्षक रामवली साहको नेतृत्वमा खटिएको टोलीले उद्धार कार्य गरेको थियो ।

प्रहरीका अनुसार गाडीमा चालकसहित ११ जना सवार थिए । तीमध्ये नौ जना भारतीय नागरिक र चालकसहित दुई जना नेपाली नागरिक रहेका थिए । दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

ईभी चालक पिन्टु सिंह हाल प्रहरी नियन्त्रणमा रहेका छन् । उनी धनुषाको लक्ष्मीनिया नगरपालिका–४ निवासी ३० वर्षीय व्यक्ति हुन् ।

काठमाडौं, ३० जेठ । रूकुमपश्चिमको त्रिवेणी गाउँपालिका–२ सिम्रुतु बजार नजिकै मिनीट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।बिहीबार साँझ दाङबाट रूकुमपश्चिमको खलङ्गातर्फ आउँदै गरेको रा१क १४१२ नम्बरको मिनीट्रक दुर्घटनामा परेको हो।

दुर्घटनामा परी ४५ वर्षीय चालक भुपेन्द्र महत गम्भीर घाइते भएका थिए। दाङको घोराही उपमहानगरपालिका–१० स्थायी घर भएका महतको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

त्यसैगरी, सोही दुर्घटनामा घाइते सहचालक ३४ वर्षीय सुन्दरकुमार बुढाको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले बताए। प्रहरीका अनुसार, मिनीट्रकको ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।