भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

जलवायु अनुकूल धानखेती प्रवर्द्धन गर्न नयाँ परियोजना सुरु

जलवायु अनुकूल धानखेती प्रवर्द्धन गर्न नयाँ परियोजना सुरु

मुख्य बुँदा

सरकारले जलवायु अनुकूल धानखेती प्रवर्द्धन गर्न नयाँ आयोजना सुरु गर्यो

१० हजार हेक्टर क्षेत्रफलमा जलवायु उत्थानशील धानखेती व्यवस्थापन गरिने

करिब १ लाख ६२ हजार ८०० किसान प्रत्यक्ष लाभान्वित हुने लक्ष्य

महोत्तरी, सर्लाही, नुवाकोट र नवलपरासीमा परियोजना सञ्चालन

विश्व वातावरण सुविधाको ८९ लाख ३२ हजार ४२० अमेरिकी डलर सहयोग

परियोजनाको प्राविधिक पर्यवेक्षण एफएओले गर्ने

काठमाडौं, १२ असार । सरकारले कृषि क्षेत्रमा जलवायु परिवर्तनबाट बढ्दो जोखिम न्यूनीकरण गर्न धानखेतीलाई जलवायु उत्थानशील बनाउने उद्देश्यसहित नयाँ आयोजना कार्यान्वयनमा ल्याएको छ।

‘धानमा आधारित खेती र खाद्य प्रणालीको जलवायु उत्थानशील रूपान्तरण आयोजना’ नामक यस कार्यक्रममार्फत नेपालको कृषि क्षेत्रलाई थप उत्पादनशील, दिगो र समावेशी बनाउने लक्ष्य राखिएको छ।

कृषि विभाग ले ललितपुरमा आयोजित कार्यक्रममा परियोजनाबारे जानकारी दिँदै कृषि, वन तथा वातावरण मन्त्रालय र कृषि विभागको संयुक्त कार्यान्वयनमा आयोजना सञ्चालन हुने जनाएको छ।

विश्व वातावरण सुविधाको ८९ लाख ३२ हजार ४२० अमेरिकी डलर वित्तीय सहयोगमा सञ्चालन हुने परियोजनाको प्राविधिक पर्यवेक्षण संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन ले गर्नेछ।

कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेल का अनुसार सन् २०३० डिसेम्बरसम्म सञ्चालन हुने ६० महिनाको यस परियोजना अन्तर्गत मधेश प्रदेशका महोत्तरी र सर्लाही, बागमती प्रदेशको नुवाकोट तथा लुम्बिनी प्रदेशको नवलपरासी जिल्लाका विभिन्न पालिकामा कार्यक्रम सञ्चालन गरिनेछ।

परियोजनाबाट करिब १ लाख ६२ हजार ८०० किसान प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ। साथै, १० हजार हेक्टर क्षेत्रफलमा जलवायु अनुकूल प्रविधि अपनाएर धानखेती व्यवस्थापन गर्ने लक्ष्य लिइएको छ।

 


Thali Mobile Pvt.Ltd.