भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

झापामा साल्ट ट्रेडिङद्वारा मल वितरण

झापामा साल्ट ट्रेडिङद्वारा मल वितरण

मुख्य बुँदा

झापामा साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीमार्फत रासायनिक मल वितरण।

७०८.५० मेट्रिक टन मल आपूर्तिको व्यवस्था गरिएको।

१५१ सहकारी र कृषि फार्ममार्फत किसानलाई मल उपलब्ध गराइँदै।

हालसम्म युरिया, डीएपी र पोटास गरी उल्लेख्य परिमाणमा बिक्री वितरण।

धान रोपाइँको सिजनसँगै मलको माग बढ्दै गएको अवस्था।

झापा, ११ असार । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनीको झापा शाखाले जिल्लाका सहकारी र कृषि फार्महरूमार्फत किसानलाई रासायनिक मल बिक्री गरिरहेको जनाएको छ ।

कर्पोरेसनको झापा शाखाका प्रमुख विष्णु न्यौपानेले चालु आर्थिक वर्ष २०८२र८३ मा कूल ७०८।५ मेट्रिक टन रासायनिक मल बिक्री वितरणका लागि ल्याइएको बताए। यसमा युरिया मल १७२।५० मेट्रिक टन, डिएपी मल २२६ मेट्रिक टन र पोटास मल ४१० मेट्रिक टन रहेको छ ।

किसानलाई सहज रूपमा मल उपलब्ध गराउन जिल्लाका १५१ कृषि सहकारी तथा कृषि फार्म छनोट गरिएको र तिनै संस्थामार्फत किसानलाई धमाधम बिक्री वितरण गरिरहेको उनले बताए ।

हालसम्मको विवरण अनुसार युरिया मल ४२ मेट्रिक टन, डीएपी मल ६२।३० मेट्रिक टन र पोटास मल ५।७५ मेट्रिक टन बिक्री भइसकेको उनको भनाइ छ ।यसैबीच, साल्ट ट्रेडिङ कर्पोरेसनसँगै कृषि सामग्री कम्पनी लिमिटेड बिर्तामोड शाखाबाट पनि जिल्लाका १५स्थानीय तहमा मल पठाइएको जनाइएको छ ।

गौरादह नगरपालिका, बुद्धशान्ति गाउँपालिका र कचनकबल गाउँपालिकाका लागि कम्पनीले यसै साता ४६ मेट्रिक टन रासायनिक मल उपलब्ध गराएको जनाएको छ ।

उक्त मल सहकारी र फार्ममार्फत किसानलाई बिक्री गरिन्छ । धान रोपाइँ सुरु भएसँगै किसानलाई मुख्य रूपमा युरिया, डिएपी र पोटास मल बढी आवश्यक पर्ने गरेको छ । रासस

 


Thali Mobile Pvt.Ltd.