भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग प्रभावित, तीन स्थानमा पूर्ण अवरोध

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग प्रभावित, तीन स्थानमा पूर्ण अवरोध

मुख्य बुँदा

पहिरो र बाढीका कारण विभिन्न राजमार्गमा यातायात प्रभावित।

कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, पूर्व–पश्चिम र मध्य पहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा।

काभ्रेपलाञ्चोक र मकवानपुरका केही सडकखण्डमा सवारी सञ्चालन रोकिएको।

स्याङ्जाको बेनी–जोमसोम सडकखण्डमा यातायात पुनः सञ्चालन।

यात्रा अघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीको आग्रह।

काठमाडौँ, ११ असार । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका मुख्य राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार बिहान ८ बजेसम्म कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न सडकखण्डमा यातायात आंशिक तथा पूर्ण रूपमा अवरुद्ध भएका छन्।

कोशी प्रदेशको भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्य पहाडी लोकमार्ग बाढीका कारण प्रभावित बनेको छ। उक्त सडकखण्डमा हाल एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ भने वैकल्पिक मार्गसमेत प्रयोगमा ल्याइएको छ।

यस्तै, मोरङको सुन्दरहरैँचा नगरपालिका–५ बलिया बुढीखोलामा पहिरो खस्दा पूर्व–पश्चिम राजमार्ग एकतर्फी सञ्चालनमा रहेको छ। संखुवासभाको भोटखोला गाउँपालिका–३ स्थीत स्याउलेमा पहिरो खस्दा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

बागमती प्रदेशमा काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–काठमाडौँ सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ४ अन्तर्गत कुलुङबनी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौँ सडकखण्डमा मर्मत कार्य भइरहेकाले सडक पूर्ण रूपमा बन्द गरिएको छ। उक्त सडकखण्ड करिब एक महिनासम्म बन्द रहने जनाइएको छ।

गण्डकी प्रदेशको स्याङ्जास्थित अन्नपूर्ण गाउँपालिका–६ महभीर क्षेत्रमा पहिरो खसेर बेनी–जोमसोम सडकखण्ड प्रभावित भए पनि बिहान ८ बजेदेखि यातायात सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

प्रहरीले वर्षायाममा यात्रा गर्दा सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। रासस

 


Thali Mobile Pvt.Ltd.