भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सामसङको एआई क्षेत्रमा ६ खर्ब ५० अर्ब डलर लगानी गर्ने तयारी

सामसङको एआई क्षेत्रमा ६ खर्ब ५० अर्ब डलर लगानी गर्ने तयारी

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्स ले कृत्रिम बुद्धिमत्ता (एआई) र सेमिकन्डक्टर क्षेत्रमा झन्डै ६ खर्ब ५० अर्ब अमेरिकी डलर बराबरको दीर्घकालीन लगानी योजना सार्वजनिक गर्ने तयारी गरेको छ।

समाचार संस्था एएफपीका अनुसार कम्पनीले आउँदो हप्ता आयोजना हुने ‘नेशनल मेगा प्रोजेक्ट’ कार्यक्रममा आफ्नो नयाँ लगानी रणनीति सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। यो योजना दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङ को राजधानी सियोलबाहिर औद्योगिक विकास विस्तार गर्ने नीतिसँग पनि जोडिएको बताइएको छ।

प्रतिस्पर्धी चिप निर्माता एसके हाइनिक्स ले पनि सोही कार्यक्रममा आफ्नो लगानी योजना सार्वजनिक गर्ने सम्भावना छ। दुवै कम्पनी कृत्रिम बुद्धिमत्तामा प्रयोग हुने उन्नत मेमोरी चिप उत्पादनमा विश्वका अग्रणी मानिन्छन्।

प्रस्तावित योजनाअन्तर्गत दक्षिणपश्चिमी दक्षिण कोरियामा नयाँ सेमिकन्डक्टर कम्प्लेक्स, योङ्गिन क्षेत्रमा चिप उत्पादन केन्द्र तथा डाटा सेन्टर र एआई पूर्वाधार निर्माणमा ठूलो लगानी गरिने जनाइएको छ।

विश्लेषकहरूका अनुसार विश्वभर एआई प्रविधिको माग बढ्दै जाँदा सेमिकन्डक्टर उद्योगमा पनि लगानी उल्लेखनीय रूपमा बढिरहेको छ। सामसङले गत वर्ष उल्लेखनीय नाफा कमाएको थियो र आगामी वर्षहरूमा कम्पनीको आम्दानी अझ वृद्धि हुने अनुमान गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.