भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

सामसङको एआई क्षेत्रमा ६ खर्ब ५० अर्ब डलर लगानी गर्ने तयारी

सामसङको एआई क्षेत्रमा ६ खर्ब ५० अर्ब डलर लगानी गर्ने तयारी

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्स ले कृत्रिम बुद्धिमत्ता (एआई) र सेमिकन्डक्टर क्षेत्रमा झन्डै ६ खर्ब ५० अर्ब अमेरिकी डलर बराबरको दीर्घकालीन लगानी योजना सार्वजनिक गर्ने तयारी गरेको छ।

समाचार संस्था एएफपीका अनुसार कम्पनीले आउँदो हप्ता आयोजना हुने ‘नेशनल मेगा प्रोजेक्ट’ कार्यक्रममा आफ्नो नयाँ लगानी रणनीति सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। यो योजना दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङ को राजधानी सियोलबाहिर औद्योगिक विकास विस्तार गर्ने नीतिसँग पनि जोडिएको बताइएको छ।

प्रतिस्पर्धी चिप निर्माता एसके हाइनिक्स ले पनि सोही कार्यक्रममा आफ्नो लगानी योजना सार्वजनिक गर्ने सम्भावना छ। दुवै कम्पनी कृत्रिम बुद्धिमत्तामा प्रयोग हुने उन्नत मेमोरी चिप उत्पादनमा विश्वका अग्रणी मानिन्छन्।

प्रस्तावित योजनाअन्तर्गत दक्षिणपश्चिमी दक्षिण कोरियामा नयाँ सेमिकन्डक्टर कम्प्लेक्स, योङ्गिन क्षेत्रमा चिप उत्पादन केन्द्र तथा डाटा सेन्टर र एआई पूर्वाधार निर्माणमा ठूलो लगानी गरिने जनाइएको छ।

विश्लेषकहरूका अनुसार विश्वभर एआई प्रविधिको माग बढ्दै जाँदा सेमिकन्डक्टर उद्योगमा पनि लगानी उल्लेखनीय रूपमा बढिरहेको छ। सामसङले गत वर्ष उल्लेखनीय नाफा कमाएको थियो र आगामी वर्षहरूमा कम्पनीको आम्दानी अझ वृद्धि हुने अनुमान गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.