भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रचण्ड गर्मीले अस्तव्यस्त युरोप, जलवायु परिवर्तन मुख्य कारण

प्रचण्ड गर्मीले अस्तव्यस्त युरोप, जलवायु परिवर्तन मुख्य कारण

काठमाडौं, १२ असार । युरोपका विभिन्न देशमा प्रचण्ड गर्मीका कारण जनजीवन प्रभावित भएको छ। धेरै स्थानमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ भने वैज्ञानिकहरूले यसको प्रमुख कारण जलवायु परिवर्तन र ‘हिट डोम’ प्रभावलाई मानेका छन्।

विज्ञहरूका अनुसार युरोप विश्वमै सबैभन्दा तीव्र गतिमा तातिरहेको महादेशमध्ये एक बनेको छ। अत्यधिक तापक्रमका कारण स्वास्थ्य जोखिम बढ्नुका साथै विद्यालय, यातायात र दैनिक जनजीवनमा व्यापक असर परेको छ।

बेलायत, फ्रान्स, स्पेन र इटालीलगायतका देशमा गर्मीको नयाँ रेकर्ड कायम भइरहेको छ। फ्रान्सका दर्जनौँ प्रशासनिक क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ भने अस्पतालमा बिरामीको चाप बढेको र केही स्थानमा रेल तथा हवाई सेवा पनि प्रभावित भएका छन्।

वैज्ञानिकहरूको विश्लेषणअनुसार जीवाश्म इन्धनको अत्यधिक प्रयोगबाट उत्पन्न कार्बन उत्सर्जनले विश्वव्यापी तापक्रम बढाउँदै लगेको छ। यसका कारण हिटवेभ (तातो लहर) पहिलेभन्दा धेरै तीव्र, लामो र बारम्बार देखिन थालेको छ।

विशेषज्ञहरूले ‘हिट डोम’ नामक मौसमीय अवस्थाले पनि गर्मी बढाएको बताएका छन्। उच्च वायुदाबको प्रणालीले तातो हावालाई एकै क्षेत्रमा थुनेर राख्दा बादल बन्न र हावा चल्न नपाउने भएकाले तापक्रम असामान्य रूपमा बढ्ने गर्छ।

सन् २०२२ मा युरोपमा गर्मीकै कारण ६० हजारभन्दा बढी मानिसको मृत्यु भएको अध्ययनहरूले देखाएका छन्। वैज्ञानिकहरूले जलवायु परिवर्तन नियन्त्रणका प्रभावकारी कदम नचालिए भविष्यमा यस्ता चरम गर्मीका घटना अझ गम्भीर हुने चेतावनी दिएका छन्।

 


Thali Mobile Pvt.Ltd.