भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

प्रचण्ड गर्मीले अस्तव्यस्त युरोप, जलवायु परिवर्तन मुख्य कारण

प्रचण्ड गर्मीले अस्तव्यस्त युरोप, जलवायु परिवर्तन मुख्य कारण

काठमाडौं, १२ असार । युरोपका विभिन्न देशमा प्रचण्ड गर्मीका कारण जनजीवन प्रभावित भएको छ। धेरै स्थानमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ भने वैज्ञानिकहरूले यसको प्रमुख कारण जलवायु परिवर्तन र ‘हिट डोम’ प्रभावलाई मानेका छन्।

विज्ञहरूका अनुसार युरोप विश्वमै सबैभन्दा तीव्र गतिमा तातिरहेको महादेशमध्ये एक बनेको छ। अत्यधिक तापक्रमका कारण स्वास्थ्य जोखिम बढ्नुका साथै विद्यालय, यातायात र दैनिक जनजीवनमा व्यापक असर परेको छ।

बेलायत, फ्रान्स, स्पेन र इटालीलगायतका देशमा गर्मीको नयाँ रेकर्ड कायम भइरहेको छ। फ्रान्सका दर्जनौँ प्रशासनिक क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ भने अस्पतालमा बिरामीको चाप बढेको र केही स्थानमा रेल तथा हवाई सेवा पनि प्रभावित भएका छन्।

वैज्ञानिकहरूको विश्लेषणअनुसार जीवाश्म इन्धनको अत्यधिक प्रयोगबाट उत्पन्न कार्बन उत्सर्जनले विश्वव्यापी तापक्रम बढाउँदै लगेको छ। यसका कारण हिटवेभ (तातो लहर) पहिलेभन्दा धेरै तीव्र, लामो र बारम्बार देखिन थालेको छ।

विशेषज्ञहरूले ‘हिट डोम’ नामक मौसमीय अवस्थाले पनि गर्मी बढाएको बताएका छन्। उच्च वायुदाबको प्रणालीले तातो हावालाई एकै क्षेत्रमा थुनेर राख्दा बादल बन्न र हावा चल्न नपाउने भएकाले तापक्रम असामान्य रूपमा बढ्ने गर्छ।

सन् २०२२ मा युरोपमा गर्मीकै कारण ६० हजारभन्दा बढी मानिसको मृत्यु भएको अध्ययनहरूले देखाएका छन्। वैज्ञानिकहरूले जलवायु परिवर्तन नियन्त्रणका प्रभावकारी कदम नचालिए भविष्यमा यस्ता चरम गर्मीका घटना अझ गम्भीर हुने चेतावनी दिएका छन्।

 


Thali Mobile Pvt.Ltd.