भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

काठमाडौं, १८ जेठ । गायिका सपना शाहीको आधिकारिक युट्युब च्यानलबाट नयाँ नेपाली लोकदोहोरी गीत ‘फुल फुलेको डाली’ सार्वजनिक गरिएको छ।

नेपाली लोकसंगीतको मिठास, प्रेम, भावना र मौलिक संस्कृतिको सुन्दर प्रस्तुति बोकेको गीतले सार्वजनिक भएसँगै दर्शक तथा श्रोताको ध्यान आकर्षित गर्न थालेको छ।

गीतमा गायिका सपना शाही र गायक बम बहादुर सानुको सुमधुर स्वर रहेको छ। गीतका शब्द विमला विक, र संगीत बम बहादुर सानुकाे रहेकाे छ । गीतको रेकर्डिङ म्युजिक सिटी स्टुडियोमा गरिएको छ।

शाहीको आधिकारिक युट्युब च्यानल सिङगर सपना शाही युटुब च्यानलबा सार्वजनिक गरिएको म्युजिक भिडियोमा बम बहादुर सानु, रञ्जना धमला, करिश्मा सानु, नबिन सानु, महेन्द्र बिसी, नमराज बिसी, लक्ष्मी बिसी, रेशम कार्की तथा बोहरा बेनीको अभिनय रहेको छ। कलाकारहरूको अभिनयले गीतको भाव र कथावस्तुलाई जीवन्त बनाएको छ।

लोकदोहोरी संगीतप्रेमी दर्शकलाई लक्षित गरी तयार गरिएको ‘फुल फुलेको डाली’ले गाउँघरको परिवेश, प्रेम र आत्मीय सम्बन्धलाई मौलिक शैलीमा प्रस्तुत गरेको छ।

भिडियाे यहाँ छ ……