भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

काठमाडौँ, ११ फागुन । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण इन्धन आपूर्तिमा अवरोध आउन सक्ने जोखिम बढेपछि श्रीलङ्काले ऊर्जा र इन्धन बचतसम्बन्धी नयाँ निर्देशिका जारी गरेको छ।

श्रीलङ्काको प्रमुख अत्यावश्यक सेवा कार्यालयले जारी गरेको उक्त निर्देशिका मन्त्रालयका सचिवहरू, प्रादेशिक तथा जिल्ला प्रशासनका अधिकारीहरू र विभिन्न सरकारी तथा कानुनी संस्थाका प्रमुखहरूलाई वितरण गरिएको छ।

निर्देशिकामा सार्वजनिक क्षेत्रभर इन्धन र ऊर्जाको खपत घटाउने उद्देश्यले विभिन्न उपाय अपनाउन सुझाव दिइएको छ। कर्मचारीहरूलाई व्यक्तिगत सवारी साधनको सट्टा सार्वजनिक सवारी प्रयोग गर्न प्रोत्साहित गरिएको छ। त्यसैगरी, विद्युत् बचतका लागि प्राकृतिक प्रकाशको अधिकतम प्रयोग गर्ने, एयर कन्डिसनको सट्टा बिजुली पङ्खा प्रयोग गर्ने तथा लिफ्टको प्रयोग घटाएर सिँढी प्रयोग गर्न सुझाव दिइएको छ।

स्थानीय सरकारका निकायहरूलाई अनावश्यक समयमा सडक बत्ती निभाउने तथा उच्च सुरक्षा आवश्यकताबाहेकका क्षेत्रमा सडक बत्ती अस्थायी रूपमा बन्द गर्न निर्देशन दिइएको छ। सरकारले सबै सार्वजनिक अधिकारीहरूलाई जिम्मेवार व्यवहार गर्न र नागरिकमाझ ऊर्जा बचतसम्बन्धी सन्देश प्रवाह गर्न आग्रह गरेको छ। साथै राष्ट्रिय ऊर्जा संरक्षण र आपूर्ति सुरक्षा सुनिश्चित गर्न सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ।

मुख्य बुँदा

अभियन्तामाथि एसिड आक्रमणमा चार सैनिक पक्राउ

‘कोन्ट्रास’ अभियन्ता एन्ड्री युनुस गम्भीर घाइते

शरीरको २०% भन्दा बढी भाग जलेको

संयुक्त राष्ट्रसंघद्वारा चिन्ता व्यक्त

घटनापछि देशभर प्रदर्शन

स्वतन्त्र छानबिनको माग

इन्डोनेशिया, ६ पफागुन । सरकारमा सेनाको प्रभावको आलोचना गर्ने एक अभियन्तामाथि एसिड आक्रमण गरेको आरोपमा चार जना सैनिक पक्राउ परेका छन् । बीबीसीका अनुसार घटनामा संलग्न रहेको आरोपमा ती सैनिकलाई नियन्त्रणमा लिइएको हो ।

जबरजस्ती बेपत्ता पार्ने घटनाको अनुसन्धान गर्ने अधिकार समूह ‘कोन्ट्रास’ का अभियन्ता एन्ड्री युनुसमाथि गएको हप्ता स्कुटरमा आएका दुई जनाले एसिड प्रहार गरेका थिए । आक्रमणका कारण उनको शरीरको २० प्रतिशतभन्दा बढी भाग जलेको बताइएको छ ।

घटनापछि एन्ड्रीलाई जकार्तास्थित अस्पतालमा भर्ना गरिएको थियो । ‘कोन्ट्रास’ का अनुसार उनको हात, अनुहार, छाती र आँखालगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । अधिकार समूह ‘कोन्ट्रास’ ले यसलाई आलोचनात्मक आवाजहरू दबाउने प्रयासका रूपमा व्याख्या गरेको छ ।

सैन्य प्रहरी कमान्डर युस्री नुर्यान्तोका अनुसार घटनाको उद्देश्यबारे अनुसन्धान जारी रहेको छ । पक्राउ परेका चार जना सैनिक गुप्तचर इकाइसँग सम्बन्धित रहेको बताइएको छ ।

एन्ड्रीमाथि आक्रमण त्यतिबेला भएको थियो, जब उनी राजनीतिमा सेनाको बढ्दो भूमिकाबारे पोडकास्ट रेकर्ड गरेर मोटरसाइकलमा घर फर्किरहेका थिए ।

घटनापछि देशका विभिन्न भागमा विरोध प्रदर्शन भएको छ । अधिकारकर्मीहरूले राष्ट्रपति प्रबोवो सुबियान्तोलाई स्वतन्त्र छानबिन समिति गठन गर्न माग गरेका छन् । राष्ट्रपतिले घटनाको खुला र द्रुत अनुसन्धान गर्न निर्देशन दिएको बताइएको छ ।

एजेन्सी, ५ फागुन । मध्यपूर्व युद्धको २० औँ दिनमा कतारको रास लाफान इन्डस्ट्रियल सिटीस्थित विश्वकै ठूलो तरल प्राकृतिक ग्यास उद्योगमा इरानले मिसाइल आक्रमण गरेको छ । आक्रमणपछि उद्योगमा आगलागी भएको कतारको ऊर्जा कम्पनी कतार इनर्जीले जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार घटनामा ठूलो भौतिक क्षति पुगेको भए पनि मानवीय क्षति भने भएको छैन । आक्रमणपछि कतार सरकारले इरानी दूतावासका दुई उच्च अधिकारीलाई २४ घण्टाभित्र देश छोड्न आदेश दिएको छ । कतारले उक्त घटनालाई “क्षेत्रीय स्थिरतामाथि प्रत्यक्ष खतरा” को रूपमा लिएको जनाएको छ ।

यसैबीच, यूएई र साउदी अरबमा पनि ऊर्जा पूर्वाधारमाथि आक्रमणको प्रयास भएको भए पनि ती देशहरूले मिसाइल र ड्रोनहरू नष्ट गर्न सफल भएको बीबीसीले जनाएको छ । समाचारअनुसार यो आक्रमण इरानको दक्षिण पार्स ग्यास क्षेत्रमा भएको अघिल्लो आक्रमणको प्रतिशोधस्वरूप गरिएको हो ।

दक्षिण पार्स (इरान) र नर्थ फिल्ड (कतार) संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो ग्यास क्षेत्र मानिन्छ । विज्ञहरूले यस घटनाले मध्यपूर्व क्षेत्रमा ऊर्जा आपूर्तिमा जोखिम बढ्ने र अन्तर्राष्ट्रिय बजारमा तेल तथा ग्यासको मूल्यमा अनिश्चितता थपिने चेतावनी दिएका छन् । आक्रमणपछि कतारले सुरक्षा सतर्कता उच्च बनाएको छ ।

काठमाडौं, १७ फागुन । पाकिस्तानले श्रीलंकालाई हराए पनि टी – २० विश्वकपको सेमिफाइनल यात्रा तय गर्न सकेन । सुपर – ८ अन्तर्गत पल्लेकेलेमा शनिबार भएको खेलमा पाकिस्तान ५ रनले विजयी भए पनि अंक तालिकाको समीकरणका कारण प्रतियोगिताबाट बाहिरिएको हो ।

पाकिस्तानले दिएको २१३ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०७ रन मात्र बनाउन सक्यो । कप्तान दसुन शनाका ले अविजित ७६ रन बनाए भने पवन रथनायके ले ५८ रनको योगदान दिए। पाकिस्तानका अब्रार अहमद ले ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाउँदै २१२ रन बनाएको थियो । शाहिबजादा फरहान ले १०० रनको शतक प्रहार गर्दा फखर जमान ले ८४ रन जोडे । श्रीलंकाका दिनशान मदुशन्का ले ३ विकेट लिए । यस नतिजासँगै समूह २ बाट न्युजिल्यान्ड र इङ्ल्यान्ड सेमिफाइनलमा पुगेका छन् । समूह १ बाट दक्षिण अफ्रिकाले स्थान सुरक्षित गरिसकेको छ ।

प्रतियोगिताअन्तर्गत आज सुपर – ८ चरणका अन्तिम दुई खेल हुँदैछन् । पहिलो खेलमा जिम्बावे र दक्षिण अफ्रिका तथा दोस्रो खेलमा भारत र वेस्ट इन्डिज प्रतिस्पर्धा गर्नेछन् । भारत – वेस्ट इन्डिज खेलको विजेता टोली अन्तिम सेमिफाइनल स्थानमा पुग्नेछ, जबकि जिम्बावे यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

काठमाडाैं । क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तस्थित टम्बलर रिज सेकेन्डरी स्कुलमा भएको अन्धाधुन्ध गोली प्रहारमा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । दशकौँयताकै घातक मानिएको यस घटनाले शान्त मानिने टम्बलर रिज सहरलाई स्तब्ध बनाएको छ ।

मंगलबार दिउँसो एक बन्दुकधारीले विद्यालय परिसरमा अन्धाधुन्ध गोली चलाउँदा घटनास्थलमै ६ जनाको ज्यान गएको रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसीएमपी) ले जनाएको छ । घाइतेमध्ये एक जनाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो । प्रहरीले संदिग्ध आक्रमणकारी पनि मृत अवस्थामा फेला परेको र प्रारम्भिक अनुसन्धानअनुसार उसले आफैँलाई गोली हानेर आत्महत्या गरेको जनाएको छ ।

विद्यालयमा भएको गोलीकाण्डको केही समयपछि प्रहरीले सोही घटनासँग सम्बन्धित ठानिएको नजिकैको एक घरमा थप दुई जनालाई मृत अवस्थामा फेला पारेको थियो । यससँगै मृतकको संख्या ९ पुगेको छ । गम्भीर घाइते दुई जनालाई हेलिकप्टरमार्फत अस्पताल पुर्‍याइएको छ भने अन्य २५ जनाको स्थानीय मेडिकल सेन्टरमा उपचार भइरहेको छ ।

करिब २ हजार ४ सय जनसंख्या रहेको पहाडी सहर टम्बलर रिजमा भएको यस घटनापछि सुरक्षा सतर्कता कडा पारिएको छ । प्रहरीले आसपासका घरहरूको खानतलासी जारी राखेको छ । हाल सर्वसाधारणका लागि कुनै थप खतरा नरहेको स्पष्ट पारिएको छ । यसअघि जारी गरिएको घरभित्रै सुरक्षित बस्न दिइएको आदेश साँझ हटाइएको थियो ।

घटनाको गाम्भीर्यलाई ध्यानमा राख्दै उक्त क्षेत्रका सबै विद्यालय एक साताका लागि बन्द गरिएको छ । प्रहरीले आक्रमणको उद्देश्य र कारणबारे विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ ।

क्यानडामा अमेरिकाको तुलनामा बन्दुक नियन्त्रणसम्बन्धी कानुन कडा रहेकाले यस्ता सामूहिक गोलीकाण्डका घटना दुर्लभ मानिन्छन् । उपलब्ध तथ्याङ्कअनुसार अमेरिकामा प्रति १०० बासिन्दा १२१ वटा हतियार रहेका छन् भने क्यानडामा यो दर ३५ मात्र रहेको छ ।

यस दुखद घटनाले क्यानडाली समाज र सुरक्षा संयन्त्रमाथि गम्भीर प्रश्न उठाएको छ ।

एजेन्सी, १८ माघ । चीनले अल्जेरियाका लागि एक उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ। चिनियाँ समाचारसंस्था सिन्ह्वाका अनुसार बिहान चीनको जियुचुआन उपग्रह प्रक्षेपण केन्द्रबाट ‘लङ मार्च–२ सी’ क्यारियर रकेटमार्फत उपग्रह प्रक्षेपण गरिएको हो।

रकेटले अल्जेरियाली उपग्रहलाई तोकिएको कक्षमा सफलतापूर्वक स्थापित गरेको जनाइएको छ। उक्त उपग्रहको मुख्य उद्देश्य भूमि योजना, प्राकृतिक प्रकोपको रोकथाम, जोखिम मूल्याङ्कन तथा प्रकोप व्यवस्थापनमा सहयोग पुर्‍याउनु रहेको छ।

यो प्रक्षेपण चीनको लङ मार्च रकेट श्रृङ्खलाको ६२९औँ मिशन भएको बताइएको छ। यसले चीनको अन्तरिक्ष प्रविधि तथा प्राविधिक क्षमतामा निरन्तर प्रगति भइरहेको स्पष्ट सङ्केत गरेको छ।

यस प्रक्षेपणलाई चीन र अल्जेरियाबीचको अन्तरिक्ष सहकार्यको महत्वपूर्ण उदाहरणका रूपमा लिइएको छ। यस सहकार्यले दुवै देशलाई विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

मस्को (एजेन्सी) । रुसको कामचटका प्रायद्वीपमा अवस्थित शिवेलुच ज्वालामुखीले बुधबार एकै दिनमा दुई पटक विस्फोट गरेको छ । विस्फोटका कारण शक्तिशाली खरानीको मुस्लो आकाशमा फैलिएको रूसी एकेडेमी अफ साइन्सेजको सुदूर पूर्वी शाखाअन्तर्गत ज्वालामुखी तथा भूगर्भ विज्ञान संस्थानले जनाएको छ ।

पहिलो विस्फोट बिहानको समयमा भएको थियो, जसबाट निस्किएको खरानीको मुस्लो समुद्री सतहबाट करिब ७ किलोमिटर उचाइसम्म पुगेको थियो । त्यसैदिन मध्यान्ह भएको दोस्रो विस्फोटबाट खरानीको बादल झन्डै ८ किलोमिटर उचाइसम्म पुगेको जनाइएको छ । खरानीको मुस्लो करिब ११० किलोमिटर पश्चिमतर्फ फैलिँदै प्रायद्वीपको भित्री भागसम्म पुगेको छ । यसले आसपासका बस्तीहरूलाई जोखिममा पारेको भन्दै स्थानीय बासिन्दा तथा पर्यटकहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

अधिकारीहरूका अनुसार ज्वालामुखीको खरानीले श्वासप्रश्वाससम्बन्धी समस्या, एलर्जी लगायतका गम्भीर स्वास्थ्य जोखिम निम्त्याउन सक्छ । साथै, उड्डयन सुरक्षामा खतरा देखिएकाले ‘ओरेन्ज एभिएसन डेन्जर कोड’ घोषणा गरिएको छ। ज्वालामुखीको खरानीले विमानको इन्जिन ब्लेड तथा अन्य उड्डयन उपकरणमा क्षति पुर्‍याउन सक्ने चेतावनी दिइएको छ ।

 

 

काठमाडौं, ९ माघ । संयुक्त राज्य अमेरिका विश्व स्वास्थ्य संगठन ( डब्लुएचओ ) बाट आधिकारिक रूपमा बाहिरिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले एक वर्षअघि सुरु गरेको बहिर्गमन प्रक्रिया जनवरी २२ मा पूर्ण भएसँगै अमेरिका र विश्व स्वास्थ्य संगठनबीचको ७७ वर्ष लामो साझेदारी अन्त्य भएको हो ।

दोस्रो कार्यकाल सम्हालेको एक वर्ष पुग्दा ट्रम्प प्रशासनले संगठनलाई बुझाउन बाँकी रहेको करिब २७ करोड डलर बक्यौता रकम नतिर्ने अडान लिएको छ । कोरोना महामारीका क्रममा संगठनले चीनको पक्ष लिएको र अमेरिकी सार्वभौमिकतामा हस्तक्षेप गर्न खोजेको आरोप लगाउँदै अमेरिकाले यो निर्णय लिएको हो । अमेरिका बाहिरिएपछि विश्व स्वास्थ्य संगठनले आफ्नो कुल बजेटमा ठूलो अभाव झेल्नुपर्ने अवस्था आएको छ ।

यसको असरस्वरूप संगठनले कर्मचारी कटौती गर्ने र विश्वव्यापी स्वास्थ्य कार्यक्रमहरूमा करिब २५ प्रतिशत बजेट घटाउने तयारी गरेको जनाइएको छ । अमेरिकाले अब विश्व स्वास्थ्य संगठनमार्फत नभई विभिन्न देशहरूसँग सिधै द्विपक्षीय समन्वयमार्फत स्वास्थ्य सहायता उपलब्ध गराउने स्पष्ट पारेको छ । यसले नेपालजस्ता विकासोन्मुख देशका खोप अभियान तथा महामारी नियन्त्रण कार्यक्रमहरूमा दीर्घकालीन असर पार्ने जोखिम बढेको उल्लेख गरिएको छ ।