भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

भोजपुर, कार्तिक १८ । उत्तरी भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीमाथि निर्माण भइरहेको लम्सुवाघाट पक्की पुल १५ वर्षसम्म पनि पूरा हुन सकेको छैन। विसं २०६७ मा सुरु गरिएको पुल निर्माण करिब चार करोड खर्चिएर अलपत्र बनेको छ।

भोजपुर षडानन्द–६ का वडाध्यक्ष सुमन विसुन्केका अनुसार संघीय सरकारले करिब चार करोड रुपैयाँ खर्च गरेपछि पनि पुल निर्माणको काम रोकिएको हो। छवटा पिलरको आधार (बेस) तयार गरेपछि काम अगाडि बढ्न सकेको छैन।

“लम्सुवाघाट पुल निर्माणको काम लामो समयदेखि रोकिएको छ,” वडाध्यक्ष विसुन्केले भने, “राज्यको करोडौँ रकम खर्चिएर पनि पुल अधुरो रहनु दु:खद छ। हामी स्थानीय १५ वर्षदेखि पुल बन्ने आशामा छौँ।”

एक सय ७२ मिटर लामो पक्की पुल निर्माणका लागि २०६७ सालमा काम सुरु भएको थियो। तर सम्झौताअनुसार २०७० सालमा सम्पन्न हुनुपर्ने पुल आजसम्म अधुरो छ। स्थानीयवासी भक्तराज विश्वकर्माका अनुसार, राज्यले निर्माण सम्पन्न गर्न गम्भीर ध्यान नदिँदा परियोजना अलपत्र बनेको हो।