भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

काठमाडौं,५ वैशाख । नेपाल मेडिकल काउन्सिलले सामाजिक सञ्जालमार्फत औषधि र उपचारसम्बन्धी सल्लाह नदिन चिकित्सकहरूलाई निर्देशन दिएको छ ।

काउन्सिलले जारी गरेको सूचनामा फेसबुक, टिकटक, इन्स्टाग्रामजस्ता प्लेटफर्ममार्फत ‘अनलाइन परामर्श’को नाममा औषधि प्रयोग, उपचार विधि तथा स्वास्थ्यसम्बन्धी सामग्री सार्वजनिक गर्ने प्रवृत्ति बढेको भन्दै त्यसप्रति चिन्ता व्यक्त गरिएको छ ।

यस्ता सामग्रीका कारण बिरामीले चिकित्सकको प्रत्यक्ष परामर्श बिना नै औषधि सेवन गर्ने, गलत उपचार अपनाउने तथा स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न हुने सम्भावना रहने काउन्सिलको भनाइ छ ।

काउन्सिलले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा विशेष सावधानी अपनाउन र पेशागत आचारसंहिताअनुसार काम गर्न निर्देशन दिएको छ । स्वास्थ्यसम्बन्धी सूचना वैज्ञानिक आधार र प्रमाणित तथ्यमा आधारित हुनुपर्ने तथा उपचारसम्बन्धी निर्णय प्रत्यक्ष परीक्षणपछि मात्र गर्नुपर्ने स्पष्ट पारिएको छ ।

निर्देशन उल्लङ्घन गरेमा सम्बन्धित चिकित्सक वा स्वास्थ्यकर्मीमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत काउन्सिलले दिएको छ ।