भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

काठमाडाैं, ६ असार । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत उखु किसानलाई दिँदै आएको प्रतिक्विन्टल ७० रुपैयाँको अनुदान कटौती गरेपछि किसानहरू आक्रोशित बनेका छन्।

अनुदान कटौतीले उखु उत्पादन लागत उठाउन नसक्ने स्थिति बनाएको र किसानहरू उखु खेती छाड्ने मनस्थितिमा पुगेका छन्। यसले चिनी उद्योग पनि संकटमा पर्ने देखिएको छ, किनभने देशभरका करिब एक लाख किसान परिवार र हजारौँ मजदुर यिनै उद्योगमा आश्रित छन्।

चालु आर्थिक वर्षको अनुदानसमेत अझै वितरण नभएको, र कृषिमा बजेट अभाव तथा मन्त्रालयबीचको समन्वयहीनताले समस्या झन् जटिल बनाएको किसानको गुनासो छ।

किसान संघर्ष समितिले सरकारलाई चेतावनी दिँदै असार १० गते सर्लाहीमा देशभरका किसान प्रतिनिधिको भेला गरी आन्दोलनको कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ।