भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

मुख्य बुँदा

आज जुन २६ मा अन्तरराष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको दिवस मनाइँदै

सन् १९८७ मा संयुक्त राष्ट्रसङ्घको प्रस्तावपछि दिवस मनाउन थालिएको

लागुऔषधमुक्त समाज निर्माणका लागि विश्वव्यापी सहकार्यमा जोड

विश्वभर लागुऔषधको प्रयोग र अवैध कारोबार बढ्दो क्रममा

कृत्रिम लागुऔषधको उत्पादन र तस्करीप्रति बढ्दो चिन्ता

काठमाण्डौ, १२ असार । आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस हो । लागुऔषधले समाजमा पारिरहेको गम्भीर असरबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ यो दिवस मनाइँदै छ ।

राष्ट्रसङ्घको महासभाले सन् १९८७ डिसेम्बर ७ मा एक प्रस्ताव पारित गरी हरेक वर्ष जुन २६ मा यो दिवस मनाउन शुरु भएको हो । लागुऔषध दुरुपयोगमुक्त अन्तरराष्ट्रिय समाज निर्माण गर्ने लक्ष्यका साथ अन्तरराष्ट्रिय सहयोग र साझा प्रयासलाई सुदृढ बनाउने प्रतिबद्धताका रूपमा यो दिवस मनाइन्छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार पछिल्ला दशकमा विश्वभर लागुऔषधको प्रयोग र बजारमा उपलब्ध लागुऔषधको सङ्ख्या निरन्तर बढिरहेको छ ।

कोकिनको उत्पादन, बरामद र प्रयोगमा पनि वृद्धि भइरहेको छ भने कम लागतमा उत्पादन गर्न सकिने तथा पत्ता लगाउन कठिन हुने कृत्रिम लागुऔषधको अवैध कारोबार पनि विस्तार भइरहेको छ । रासस