भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

काठमाडौँ, २८ भाद्र । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको कार्यभार सम्हालेकी सुशीला कार्कीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत सन्देश पोस्ट गर्दै नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध र आपसी सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता प्रकट गरेका छन्।

मोदीले लेखेका छन्, “नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई मेरो हार्दिक बधाई तथा शुभकामना। भारत नेपालका जनताको शान्ति, प्रगति र समृद्धिको लागि सदैव प्रतिबद्ध छ।”

भारतले शुक्रबार राति नेपालमा नयाँ अन्तरिम सरकार गठन भएकोमा स्वागत जनाएको थियो। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारलाई भारतले नेपालको शान्ति र स्थायित्वलाई सुदृढ पार्ने सकारात्मक कदमको रूपमा व्याख्या गरेको छ।

यसैबीच, भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भारत र नेपाल साझा लोकतन्त्र, विकास साझेदारी र नजिकको छिमेकीको सम्बन्धमा दुवै देश र जनताको हितका लागि सहकार्य गर्न सदैव तयार रहेको स्पष्ट पारेको छ।