भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

वासिङ्टन, २१ भाद्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यमा दक्षिण अफ्रिकामा हुने जी–२० शिखर सम्मेलनमा सहभागी नहुने घोषणा गर्नुभएको छ। उहाँको सट्टा उपराष्ट्रपति जेडी भान्सलाई पठाउने तयारी वासिङ्टनले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ।

राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै अर्को वर्ष जी–२० शिखर सम्मेलन अमेरिकामा आयोजना हुने जानकारी दिनुभयो। सम्मेलन मियामी नजिकै रहेको उहाँकै व्यक्तिगत व्यवसाय ट्रम्प नेसनल डोरल गल्फ क्लबमा हुने बताइएको छ।

ट्रम्पले उक्त सम्मेलनबाट आफ्नो व्यवसायलाई कुनै पनि आम्दानी नहुने प्रस्ट पार्दै “यो केवल अमेरिकाको आतिथ्य प्रदर्शन गर्ने अवसर” भएको दाबी गर्नुभयो।

यसअघि पहिलो कार्यकालमा पनि ट्रम्पले जी–७ शिखर सम्मेलन डोरल रिसोर्टमा गर्ने योजना सार्वजनिक गर्नुभएको थियो। तर यसले उहाँ र उहाँको परिवारलाई आर्थिक लाभ दिने आरोप उठेपछि र अमेरिकी संविधानको हितविपरीत हुने भन्दै आलोचना बढेपछि त्यो निर्णय उहाँले त्याग्नुभएको थियो।