भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

काठमाडाैं । प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषद्का अध्यक्ष सन्तोष परियारले सन् २०२५ को अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन् । उक्त पुरस्कार ग्रहण गर्न उनी शुक्रबार दिल्ली प्रस्थान गरेका हुन् ।

परियारले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै बाबासाहेब डा. भीमराव अम्बेडकरको “शिक्षित हौ, संगठित हौ, सङ्घर्ष गर” भन्ने संदेशबाट आफू सधैँ प्रेरित रहँदै आएको उल्लेख गरे । अम्बेडकरको नामसँग जोडिन पाउँदा आफूलाई खुसी, गम्भीरता र जिम्मेवारी थप बढेको उनले लेखे ।

उनका अनुसार, अम्बेडकरले “ज्ञानको कुनै समय र सीमा हुँदैन” भन्ने कुरा प्रमाणित गरेको उल्लेख गर्दै उनले विश्वभर दलित, उत्पीडित, आर्थिक–सामाजिक रूपमा पछडिएका वर्गका लागि आफूले सक्दो योगदान दिने दृढता व्यक्त गरे ।

अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार वितरण कार्यक्रम डिसेम्बर १३ र १४, दिल्लीमा आयोजना हुने परियारले बताए । साथै, कार्यक्रममा उपस्थित हुन सम्भव हुने साथीहरूलाई भेट्न समेत उनले आग्रह गरेका छन् ।