भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

गत साता दक्षिण अफ्रिकाको सुनखानीमा प्रवेश गरी फसेकाको उद्धार

गत साता दक्षिण अफ्रिकाको सुनखानीमा प्रवेश गरी फसेकाको उद्धार

एजेन्सी । सुन खानीमा फसेका १ सय ५० भन्दा बढी अवैध खानी कामदारको उद्धार गरिएको छ । दक्षिण अफ्रिकाको पूर्वी मपुमालाङा प्रान्तमा गत साता सुनखानीमा प्रवेश गरी फसेकाको उद्धारका गरिएको हो ।

यता दक्षिण अफ्रिकाको जोहानेसबर्गको दक्षिण–पश्चिममा रहेको स्टिलफोन्टेनमा रहेको अर्को एउटा खानीमा फसेका अवैध व्यक्तिहरुको उद्धार कार्य जारी छ ।

दक्षिण अफ्रिकाका सुनखानीहरुमा अवैध उत्खनन व्यापक बन्दै गएतापनि सरकार भने यसको नियन्त्रणमा चुकेको छ । सुनखानीमा पसेका सयौं कामदारमध्ये ३ जनाको शव फेला परेपछि उद्धार कार्य जारी राखिएको छ ।

उद्धार गरिएकामध्ये अधिकांश विदेशी नागरिक रहेका छन् । यद्दपी उनीहले सुन खोज्न आफ्नो इच्छा विपरित भूमिगत गराइएको आरोप लगाएका छन् । उद्धार गरिएकामध्ये केहीलाई अवैध उत्खनन कार्यमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको छ ।