भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मध्यपुर थिमीको २८ औं स्थापना दिवस भव्यताकासाथ सम्पन्न (भिडियो)

मध्यपुर थिमीको २८ औं स्थापना दिवस भव्यताकासाथ सम्पन्न (भिडियो)

भक्तपुर । मध्यपुर थिमी नगरपालिकाले २८ औं स्थापना दिवस भव्यरुपमा मनाएको छ । कृषि विकास तालिम केन्द्रको सभाहलमा आज एक कार्यक्रमकाबीच स्थापना दिवस मनाएको हो । ऐतिहासिक नगरी मध्यपुर थिमीलाई साँस्कृतिक सम्पदाको शहर बनाउँने तयारी गर्दै पर्यटन पवद्र्धनमा कसरी अगाडी बढाउन सकिन्छ भन्ने विषयमा ध्यान दिएको जानकारी दिइएको छ । २८ औं स्थापना दिवसको उद्घाटन गर्दै भक्तपुर क्षेत्र नंम्वर २ का सांसद एवं नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले नगरको विकासमा दल नभनेर अघि बढ्नु पर्ने धारणा राखे ।

राजनैतिक स्वार्थका लागि भन्दा पनि जनसरोकारका विषयमा गठबन्धन हुनु पर्ने विचार व्यक्त गरे । कार्यक्रममा बोल्दै बागमति प्रदेश सांसद भावना श्रेष्ठले नगरको विकासमा सबैले हातेमालो गर्नुपर्ने धारणा राखिन् । जनप्रतिनिधिका कारण पालिकाको गौरब बढेको भन्दै नगर विकासकालागि बागमति प्रदेश सरकारबाट सके जति योजनाहरु ल्याउन सफल भएको जिकिर गरिन् । यस्तै जिल्ला समन्वय समितिका प्रमुख ईश्वर थापाले विकास निर्माणमा ४ वटै नगरपालिकासंग सहकार्य हुन आवश्यक रहेको बताए ।

आफु समन्वयकारी भूमिका भएकाले समन्वय गर्नेमा कुनै कन्जुस्याँइ नगर्ने धारणा राखे । स्थापना दिवसको अवसरमा शुभकामना दिदै भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जनप्रतिनिधीले निश्पक्ष काम गर्नु पर्ने धारणा राखिन् । जनपअपेक्षा अनुसार जनप्रतिनिधि चल्नु पर्ने भन्दै सुशासन, सामाजिक उत्तरदायित्व, सार्वजनिक जग्गा संरक्षण, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन लगायतका क्षेत्रमा नगरपालिकाले विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् ।

भिडियो…

२०५३ सालमा मध्यपुर थिमीका ५ वटा गाविसलाई गाभेर नगरपालिका घोषणा भएसँगै सरोकारवालाले नगरपालिकालाई शिक्षा र स्वास्थ्य उपचारमा निःशुल्क बनाउन तर्फ ध्यान दिनु पर्ने बताए । सो अवसरमा नगरपालिकाले प्रथम स्मारिका हाम्रो मध्यपुरथिमि विमोचन गरिएको थियो । नगरको कार्यसंचालनमा सहयोग गर्ने सामाजिक अभियान्ता, स्वास्थ्यकर्मी, करदाता, उत्कृष्ठ कार्य गर्ने उपभोक्ता समिति, उत्कृष्ठ कर्मचारीलाई कार्यक्रममा पुरस्कृत गरिएको मध्यपुरथिमिका मेयर सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.