भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

चिसोबाट जोगाउन नसके त्रिपालमुनि बसेका धेरैको ज्यान जानसक्ने चेतावनी

चिसोबाट जोगाउन नसके त्रिपालमुनि बसेका धेरैको ज्यान जानसक्ने चेतावनी

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई तत्काल चिसोबाट जोगाउने व्यवस्था मिलाउन कर्णाली प्रदेश सरकारलाई आग्रह गरेको छ ।
त्रिपालमुनि बसिरहेका दीर्घरोगी, सुत्केरी, गर्भवती, महिला, वृद्धवृद्धा तथा बिरामीलाई दाउरा, न्यानो कपडा, औषधिको आवश्यक देखिएको आयोगले ठहर गरेको हो ।

जाजरकोट जिल्ला अस्पतालमा आवश्यक जनशक्ति र औषधिको पनि अभाव रहेकाले औषधी उपलब्ध गराउँन समेत आयोगले आग्रह गरेको छ । केही पालिकामा अझै सरकारले घोषणा गरेको अस्थायी घर बनाउनका लागि पहिलो किस्ताको रकम पनि नपुगेको आयोगले जनाएको छ ।

त्रिपालमुनि बसेका ४३ जनाको मृत्यु भइसकेको जाजरकोट र रुकुम पश्चिममा तत्काल चिसोबाट जोगाउन नसकिए त्रिपालमुनि बसेका धेरैको ज्यान जानसक्ने देखिन्छ ।