आज देशका केही प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

आज देशका केही प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । आज कोशी प्रदेश, गण्डकी प्रदेशकर्णाली प्रदेश का थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखा का अनुसार दिउँसोपछि यी प्रदेशका पहाडी क्षेत्रमा एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसकै कारण मधेश प्रदेशलुम्बिनी प्रदेश सहित देशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहेको छ।

काठमाण्डौ उपत्यका मा भने आज बिहानदेखि घाम लागेको छ। तर दिउँसोपछि उपत्यकामा पनि मेघगर्जन र चट्याङसहित छिटपुट वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।