भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

मध्यपूर्व युद्धको १४ दिनमै ५० लाख टन कार्बन उत्सर्जन, जलवायुमा गम्भीर असर

मध्यपूर्व युद्धको १४ दिनमै ५० लाख टन कार्बन उत्सर्जन, जलवायुमा गम्भीर असर

एजेन्सी । इरानमाथि अमेरिका–इजरायल युद्धको १४ दिनको अवधिमा करिब ५० लाख टन कार्बनडाइअक्साइड उत्सर्जन भएको एक प्रतिवेदनले देखाएको छ । यो मात्रा कम कार्बन उत्सर्जन गर्ने विश्वका ८४ देशको कुल उत्सर्जनभन्दा बढी रहेको बताइएको छ ।

‘क्लाइमेट एन्ड कम्युनिटी इन्स्टिच्युट’ को प्रतिवेदनलाई उद्धृत गर्दै बेलायती दैनिक पत्रिका गार्जियन ले जनाएअनुसार युद्धका कारण वातावरणीय प्रभाव गम्भीर बनेको छ । प्रतिवेदनले यस द्वन्द्वलाई जलवायुका लागि ठूलो विपत्तिका रूपमा चित्रण गरेको छ ।

प्रतिवेदनअनुसार युद्धका क्रममा प्रयोग भएका विमान, जहाज तथा अन्य सैन्य सवारीसाधनहरूले मात्र १४ दिनमा करिब १५ करोडदेखि २७ करोड लिटरसम्म इन्धन खपत गरेका छन् । साथै, सैन्य उपकरणहरूको क्षतिले समेत कार्बन उत्सर्जनमा वृद्धि गरेको उल्लेख छ ।

सबैभन्दा धेरै उत्सर्जन नागरिक पूर्वाधारमा भएको क्षतिबाट भएको बताइएको छ । इरानको राहत तथा उद्धार एजेन्सी ‘रेड क्रिसेन्ट’ का अनुसार आक्रमणका क्रममा झन्डै २० हजार भवनहरू क्षतिग्रस्त भएका छन् । लडाकु विमान, बमवर्षक विमान तथा नौसेनाका जहाजहरूको निरन्तर सञ्चालनले ऊर्जा खपत बढाएको विज्ञहरूको भनाइ छ । साथै, इरानको राजधानी तेहरान तथा अन्य क्षेत्रमा रहेका ऊर्जा संरचनाहरूमा भएका आक्रमणहरूले पनि उत्सर्जन वृद्धि गर्न योगदान पुर्‍याएको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, यी आक्रमणका क्रममा करिब २५ लाखदेखि ५९ लाख ब्यारेल तेल नष्ट भएको जनाइएको छ । प्रतिवेदनले कुल ५० लाख ५५ हजार १६ टन कार्बनडाइअक्साइड उत्सर्जन भएको उल्लेख गर्दै यो उत्सर्जन कुवेत वा आइसल्यान्डजस्ता देशहरूको वार्षिक उत्सर्जन बराबर रहेको बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.