भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

एनआरएनए र नेपाली मूलका नागरिकका लागि त्रिभुवन विमानस्थलमा अलग्गै डेस्क

एनआरएनए र नेपाली मूलका नागरिकका लागि त्रिभुवन विमानस्थलमा अलग्गै डेस्क

काठमाण्डौ, ९ फागुन । विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपाली (एनआरएनए) का लागि अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा अलग्गै डेस्क राखिने भएको छ ।

अध्यागमन विभागका अनुसार विदेशमा बसोबास गर्ने नेपाली मूलका नागरिक तथा एनआरएनएलाई सहजीकरण गर्न र नेपालप्रतिको आत्मियता मजबुत बनाउन यो व्यवस्था गर्न लागिएको हो ।

यसले नेपाली भाषा, संस्कृति प्रवर्द्धन गर्नुका साथै पर्यटन तथा लगानी प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । विभागले त्रिभुवन विमानस्थल कार्यालयलाई आवश्यक तयारी गरी अलग्गै डेस्क स्थापना गर्न पत्राचार गरिसकेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.