भर्खरै : Sorry, your browser does not support inline SVG.
बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा | दुई महिनामा ८८७ व्यावसायिक फर्ममा अनुगमन, ७४ लाई कारबाही | असोजमा रेमिट्यान्सको ऐतिहासिक कीर्तिमान, एकै महिनामा भित्रियो २ खर्ब ६७ अर्ब | नेपाली सेनाको प्रवक्तामा सहायक रथी राजेन्द्र श्रेष्ठ नियुक्त |

आज देशका केही प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

आज देशका केही प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । आज कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश का थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखा का अनुसार दिउँसोपछि यी प्रदेशका पहाडी क्षेत्रमा एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसकै कारण मधेश प्रदेश र लुम्बिनी प्रदेश सहित देशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहेको छ।

काठमाण्डौ उपत्यका मा भने आज बिहानदेखि घाम लागेको छ। तर दिउँसोपछि उपत्यकामा पनि मेघगर्जन र चट्याङसहित छिटपुट वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.