भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

नेपालमा क्षयरोग गम्भीर संकट: दैनिक ४३ जनाको ज्यान जाने अवस्था

काठमाडौँ, १० फागुन । नेपालमा क्षयरोग (टीबी) जनस्वास्थ्यका लागि गम्भीर चुनौती बन्दै गएको छ। हाल दैनिक ४३ जना नेपालीले यही रोगका कारण ज्यान गुमाउने गरेको तथ्य सार्वजनिक भएको छ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र का अनुसार वार्षिक करिब १६ हजार मानिसको मृत्यु क्षयरोगकै कारण हुने गरेको छ। समयमै पहिचान गरी नियमित औषधि सेवन गरे पूर्ण रूपमा निको हुन सक्ने रोगबाट यति धेरै मृत्यु हुनु चिन्ताजनक भएको विज्ञहरूले बताएका छन्।

केन्द्रका निर्देशक भुवन पौडेलका अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका व्यक्तिहरू क्षयरोगबाट सबैभन्दा बढी प्रभावित छन्। कुल संक्रमितमध्ये करिब ५० प्रतिशत बिरामी सक्रिय कार्यशील उमेर समूह (२०–४९ वर्ष) का रहेका छन्। चालु आर्थिक वर्ष २०८१/८२ मा ३९ हजारभन्दा बढी बिरामी पहिचान गरी उपचार गरिएको छ। जसमध्ये ६१ प्रतिशत पुरुष, ३९ प्रतिशत महिला र ५.५ प्रतिशत बालबालिका रहेका छन्।

वरिष्ठ छातीरोग विशेषज्ञ डा. नवीनप्रकाश साहका अनुसार कुल संक्रमितमध्ये ७२ प्रतिशतमा फोक्सोको क्षयरोग देखिएको छ भने २८ प्रतिशत अन्य अंगहरूमा देखिएको छ। उपचार सफलतादर ९२ प्रतिशत रहेको छ। त्यस्तै, प्रतिरोधी क्षयरोगका बिरामी पनि भेटिएका छन्। हालसम्म ६२५ जना यस्ता बिरामी देखिएका छन्, जसमा उपचार सफल हुने दर ७६ प्रतिशत रहेको छ।

देशभर ६ हजारभन्दा बढी स्वास्थ्य संस्थाबाट निःशुल्क परीक्षण र उपचार सेवा उपलब्ध भए पनि करिब ४२ प्रतिशत बिरामी अझै उपचारको पहुँचभन्दा बाहिर रहेको अनुमान छ। साथै, १५ प्रतिशत बिरामीले आर्थिक भार पनि व्यहोर्नुपरेको छ। सामाजिक लाञ्छना (स्टिग्मा) र जनचेतनाको अभाव पनि रोग नियन्त्रणमा प्रमुख बाधा बनेको छ।

के हो क्षयरोग?

क्षयरोग एक सरुवा रोग हो, जुन Mycobacterium tuberculosis नामक जीवाणुको संक्रमणबाट हुन्छ। यो रोग मुख्यतः हावा (खोकी, हाछ्युँ) मार्फत सर्छ।

 जोखिम समूह

कुपोषित व्यक्ति

धूम्रपान/सुर्ती सेवन गर्ने

मधुमेह भएका

मदिरा सेवन गर्ने

एचआईभी संक्रमित

रोग प्रतिरोधात्मक क्षमता कम भएका

मुख्य लक्षणहरू

२ हप्ताभन्दा बढी खोकी लाग्नु

खकारमा रगत देखिनु

ज्वरो र राति पसिना आउनु

तौल घट्दै जानु

थकान र कमजोरी

खान मन नलाग्नु

रोकथामका उपाय

सुर्तीजन्य पदार्थ सेवन नगर्ने

मास्क प्रयोग गर्ने

सन्तुलित आहार र व्यायाम

संक्रमित व्यक्तिबाट टाढा रहने

समयमै परीक्षण गराउने

शिशुलाई बीसीजी खोप लगाउने

 सरकारका प्रयास

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रमार्फत देशभर क्षयरोग नियन्त्रण अभियान सञ्चालन गरिरहेको छ।

१४२ स्थानीय तहमा सक्रिय बिरामी खोजी

डिजिटल प्रविधिबाट परीक्षण विस्तार

निःशुल्क उपचार सेवा

सन् २०३५ सम्म क्षयरोग अन्त्य गर्ने लक्ष्य

सन् २०५० सम्म पूर्ण निवारण गर्ने लक्ष्य

 


Thali Mobile Pvt.Ltd.