भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अपहरणमा पर्नेमा ८ देखि १५ वर्ष उमेरका २ सय ८० बालबालिका

अपहरणमा पर्नेमा ८ देखि १५ वर्ष उमेरका २ सय ८० बालबालिका

एजेन्सी । २ सय ८० भन्दा बढी स्कुले बालबालिका नाइजेरियामा बन्दुकधारीले अपहरण गरेका छन्। बन्दुकधारीले ठूलो संख्यामा बालबालिका उत्तर–पश्चिमी सहर कुरिगाबाट अपहरण गरेका हुन ।

बन्दुकधारीले एक शिक्षकलाई पनि अपहरण गरेका छन्। यो समूहले उत्तर–पश्चिमी नाइजेरियाबाट पछिल्ला केही वर्षयता सयौँ मानिसको अपहरण गरिसकेको छ।

कडुना राज्यका गभर्नर उबा सानीले एक सरकारी माध्यामिक तहको विद्यालयका १ सय ८७ र प्राथमिक विद्यालयका १ सय २५ छात्र बेपत्ता भएको पुष्टि गरेका छन्। जसमध्ये २५ छात्र भने सम्पर्कमा आएका छन्।

एक प्रत्यक्षदर्शीका अनुसार बिहान साढे ८ बजे विद्यालयको प्रार्थनासभा चलिरहेका बेला दर्जनौँ मोटरसाइकलमा आएका बन्दुकधारीले बालबालिकालाई जबरजस्ती मोटरसाइकलमा हालेर भागेका थिए। यसरी अपहरणमा पर्नेमा ८ देखि १५ वर्ष उमेरका बालबालिका छन्।

 


Thali Mobile Pvt.Ltd.