भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

महानगरका ५०० पसल अनुगमन गर्दा २० मात्रै नियमअनुरूप

महानगरका ५०० पसल अनुगमन गर्दा २० मात्रै नियमअनुरूप

काठमाडौं । काठमाडौं महानगरपालिकाले ४९७ पसलको अनुगमन गर्दा २० वटा मात्रै नियमअनुरुप सञ्चालन भएका पाइएको छ। साथै २०० बढी व्यवसाय दर्ता नगरी सञ्चालन भएको पाइएको हो ।

गत असोज १० गतेदेखि कामपाले शुरु गरेको पर्वलक्षित अनुगमनमा ४९७ पसलमध्ये २० वटा नियमानुसार सञ्चालन भएका पाइएको महानगरपालिकाले जनाएको छ।

१३३ वटामा म्याद सकिएका वस्तु भेटिएका छन् भने ३११ वटामा मूल्य सूची फेला नपरेको, दुई सय व्यवसाय दर्ता नगराई सञ्चालन भएको पाएको कामपाको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए। उनका अनुसार अनुगमन गरिएका पसलमध्ये ४८ किराना, १८ मिठाइ, १९ ड्राई फुड, सात मसला र १५ वटा डेरी पसल छन्।

बजारमा बिस्कुट, चकलेट, चाउचाउ, पापड, मसला, केचअप, जामलगायत खाद्य वस्तुमा म्याद सकिएको पाएको न्यौपानेले बताए। रसायन भएका वस्तुसँगै खाद्य वस्तु राखिएको, मूल्यसूची नराखिएको, व्यवसाय दर्ता नगरेको, पसल परिसरको सरसफाइमा ध्यान नदिएको, लेबल नभएका वस्तु बेच्न राखिएको, ढक तराजु प्रमाणीकरण नगरी प्रयोग गरिएकोलगायत समस्या रहेका उनले जानकारी दिए।

मिठाइई पसलहरुमा स्वीकृत भएकै रङ्ग प्रयोग गरिए पनि मात्रा नमिलाइएको, तेललाई बारम्बार प्रयोग गरिएको, उत्पादन र म्याद सकिने मिति उल्लेख नगरिएको, मिठाइ बनाउने ठाउँ, पसल र भाँडाकुँडाको सरसफाइमा नभएको पनि अनुगमनका क्रममा फेला परेको उनले बताए। यी समस्या समाधानका लागि सम्बन्धितलाई अनुगमन टोलीले स्थलगत रुपमा निर्देशन र सुझाव दिएको छ।

कामपाले खाद्य स्वच्छता प्रवर्द्धन तथा प्रमाणीकरणका लागि खाद्य स्वच्छताः प्रवर्धन शिविर ९फुड सेफ्टी, वुट क्याम्प० कार्यक्रमसमेत सञ्चालन गरिरहेको विभागले जनाएको छ।

खाद्य सेवामा अत्यधिक उपयोग हुने खानेकुरासँग सम्बन्धित क्षेत्रका व्यवसायीलाई खाद्य स्वच्छतासम्बन्धी तालिम प्रदान गरिने कृषि तथा पशुपन्छी विभागका प्रमुख न्यौपानेले बताए। पहिलो चरणमा साना तथा मध्यम भोजनालयका तीन सय सञ्चालकलाई तालिम दिइएको उनले जानकारी दिए।

दोस्रो चरणमा दशैँ लक्षित खानेकुरामध्ये मासुजन्य खाद्य वस्तुका उत्पादक तथा बिक्रेता ३२१ र तिहारमा धेरै खपत हुने मिठाइजस्ता खाद्यवस्तुको स्वच्छताका लागि तेस्रो चरणमा १६२ जनालाई तालिम दिएको कामपाको कृषि तथा पशुपन्छी विभागले जनाएको छ। रासस