भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

चाैविस देशका छ सय बढी एथलीटहरूकाे बेजाेड प्रस्तुती

चाैविस देशका छ सय बढी एथलीटहरूकाे बेजाेड प्रस्तुती

वर्ल्ड जंग सन’ती च्याम्पियनशिप २०२४ नोभेम्बर २-३, २०२४ मा ताश्केन्ट, उजबेकिस्तान मा आयोजना गरियो । यस प्रतियोगितामा दुई प्रकारका इभेन्टहरू समावेश गरिएका थिए । जंग कुराश र शिल्ड-सोर्ड,  यी दुई खेलमा २४ देशहरूबाट ६०० भन्दा बढी एथलीटहरूले प्रतियोगितामा भाग लिएका थिए ।

प्रतियोगितामा उजबेकिस्तानले पहिलो स्थान जित्यो । ईरान इस्लामिक गणराज्यले दोस्रो स्थान लियाे । किर्गिस्तान र भारतले तेस्रो स्थान हासिल गर्न सफल भए । याे च्याम्पियनशिप ९ औं अन्तर्राष्ट्रिय मार्शल आर्ट्स खेल २०२४ (IMGC-2024Uzbekistan) को एक भागको रूपमा आयोजना गरिएको थियो ।

जुन ताश्केन्ट, उजबेकिस्तानमा नोभेम्बर १-७, २०२४ मा सञ्चालन भएको थियो । IMGC-2024 प्रतियोगितामा विभिन्न प्रकारका मार्शल आर्ट्स प्रतियोगिताहरू समावेश थिए । जसमा ३२ देशहरूबाट लगभग २ हजार एथलीटहरूले प्रतियोगितामा सहभागिताका साथै कडा प्रतिस्पर्धा गरेका थिए ।

तीमध्ये जंग सन’ती, एक परम्परागत उजबेक मार्शल आर्ट लाई पनि प्रतियोगितामा समावेश गरिएको थियो । च्याम्पियनशिपको क्रममा, जंग सन’ती प्राविधिक समिति बैठक आयोजित गरियो । जसको अध्यक्षता पुलत उस्मानोव, अन्तर्राष्ट्रिय जंग सन’ती संघ (IJSA) का अध्यक्षले गरेका थिए ।

अन्य मुख्य सहभागीमा अजीज दुराबाएव, IJSA का महासचिव, सुदेश कुमार,  एशिया जंग सन’ती महासंघ (AJSF) का अध्यक्ष साथै अरू २२ देशका प्रतिनिधिहरू सहभागि थिए । उक्त बैठकमा नेपालको प्रतिनिधित्व  हिमालय सुबेदीले गरेका थिए । बैठकका दौरान पुलत उस्मानोवले जंग सन’तीको विश्वभर बढ्दो लोकप्रियताका बारेमा चर्चा गर्दै जंग सन’तीका प्रतिनिधिहरूको अथक प्रयासको प्रशंसा र उनीहरूको महत्वलाई जोड दिए ।

जंग सन’तीका प्रतिनिधिहरूले आफ्नो देशको राष्ट्रिय खेल कार्यक्रमहरूमा जंग सन’तीलाई समावेश गर्न महत्त्वपूर्ण भूमिका खेल्न आवाहन गरे । लक्ष्यको प्राप्तिका लागि उनले राष्ट्रिय खेल समितिहरू र प्रतिनिधिहरू बीच सहकार्य र समन्वयलाई जोड दिन आग्रह गरे ।

जंग सन’तीलाई केवल एशियामा मात्रै नभइ, सबै देशहरूमा प्रचार गरिनुपर्नेमा जोड दिदै त्यसको दीर्घकालीन उद्देश्य ओलम्पिक खेलहरूमा समावेश गर्नु रहेको धारणाा राखे । बैठकमा २०२५ मा गर्न सकिने तीन प्रमुख गतिविधिहरू माथि छलफल समेत गरिएको थियो ।

तीन प्रमुख गतिविधिहरूः
१. भारतकाे दिल्लीमा जंग सन’ती डेमो शो (जनवरी २०२५)
२. उजबेकिस्तानकाे ताश्केन्टमा जंग सन’ती वर्ल्ड कप
3. किर्गिस्तानमा जंग सन’ती वर्ल्ड च्याम्पियनशिप

जंग सन’ती एक परम्परागत उजबेक मार्शल आर्ट हो ।याे युनेस्कोको अमूर्त सांस्कृतिक सम्पदाको (UNESCO’s List of Intangible Cultural Heritage) सूचीमा रहेको लोपोन्मुख खेलमा पर्छ । युनेस्कोको अमूर्त सांस्कृतिक सम्पदाको सूची भन्नाले विश्वभरका विविध सांस्कृतिक परम्परा, रीतिरिवाज, कलाहरू समावेश गरिन्छ ।

जुन पुस्तान्तरण हुँदै आएको जीवनशैली, ज्ञान र अभ्यासहरूको संरक्षणका लागि महत्वपूर्ण मानिन्छ । जसमा पन्चिंग, रेसलिंग र किकिंग प्रविधिहरूसँगै तलवार, लाठी र खुकुरी जस्ता हतियारहरूको प्रयोग पनि समावेश छ । यसको विशेषता भनेको एकै साथ आक्रमण र रक्षा प्रविधिहरूको प्रयोग हो ।

यसलाई अन्य मार्शल आर्ट्सबाट फरक बनाउँछ । यसलाई विनम्रता, धैर्यता, मर्यादा,  आत्मविश्वास र मानसिक बल जस्ता गुणहरूको प्रतीक मानिन्छ । डा. प्रोफ. GM जाभियर गोल्ड फरेरी Ph.D. ले जंग सन’तीका केहि विशिष्ट पक्षहरूको उल्लेख गरेका छन् ।

• राष्ट्रिय पोशाक र भाषाको प्रयोग
• आक्रमण र रक्षा प्रविधिहरूको एकै साथ प्रयोग
• सैन्य-राष्ट्रवादी शिक्षाका अवसरहरू
• कानूनी प्रवर्तन र विद्यालयहरूमा शारीरिक शिक्षाका लागि जंग सन’तीको समावेश
• उजबेकिस्तानको ऐतिहासिक मार्शल आर्ट्स धरोहरमा युवाहरूको चासोको पुनः जागरण

नेपाल जंग सन’ती महासंघ स्थापना २०२३ मा भएको हाे । यसलाई राष्ट्रिय खेल परिषदमा दर्ता गराउने प्रक्रिया रहेको नेपाल खेलकुद परिषदका प्रतिनिधिले बताएका छन् ।

The World Jang San’ati Championship 2024 was held from November 2-3, 2024, in Tashkent, Uzbekistan.

The championship featured two types of events: Jang Kurash and shield-sword. Over 600 athletes  were participated from 24 countries in competition where Uzbekistan secured first place, followed by the Islamic Republic of Iran in second, and Kyrgyzstan and India in third place in term of medal win.

This championship was part of the 9th International Martial Arts Games 2024 (#IMGC-2024Uzbekistan), which took place in Tashkent from November 1-7, 2024. The IMGC-2024 included a variety of martial arts competitions, with nearly 2,000 athletes from 32 countries has attended for competition. Among the featured martial arts, Jang San’ati is a traditional martial art from Uzbekistan has been included in competition.

During the championship, a Jang San’ati technical committee meeting was held in present of of Mr. Pulat Usmanov, President of the International Jang San’ati Association (IJSA). Key attendees included Mr. Aziz Djurabaev, Secretary General of IJSA, Sudesh Kumar, President of the Asia Jang San’ati Federation (AJSF), and 22 country representatives, including Mr. Himalaya Subedi as Nepal representative. During the meeting.

Pulat Usmanov emphasized the growing global popularity of Jang San’ati because of tireless effort of Jang San’ati representatives. He stressed that Jang San’ati representatives can play a crucial role in integrating Jang San’ati into the national sports programs of various countries.

He called for stronger cooperation and coordination between national sport committee and representatives to achieve this goal. Usmanov also highlighted the Jang San’ati will not be play only in Asia but with the broader goal of eventually including it in the Olympic Games.

The meeting also outlined three key activities for 2025:

  1. An Invitational Jang San’ati demo show in Delhi, India (January 2025).
  2. The Jang San’ati World Cup in Tashkent, Uzbekistan.
  3. The Jang San’ati World Championship in Kyrgyzstan.

Jang San’ati is a traditional Uzbek martial art and is listed under UNESCO Representative List of Intangible Cultural Heritage. The Jang san’ati combines punching, wrestling, and kicking techniques, along with the use of swords, sticks, and daggers. Its unique feature is the simultaneous use of both offensive and defensive techniques, which distinguishes it from other martial arts. It is believed that modesty, patience, decency, self possession and strength of mind are unique value of Jang San’ati martial art.

Dr. Prof. GM Javier Gold Ferrari Ph.D. highlighted several distinctive elements of Jang San’ati:

  • The use of national clothing and language.
  • The simultaneous use of defensive and offensive techniques.
  • Opportunities for military-patriotic education.
  • Its application in combat training programs for law enforcement and physical education in schools.
  • The revival of youth interest in Uzbekistan’s historical martial arts heritage.

Additionally, the Nepal Jang San’ati Federation, established in 2023, is in the process of registering with Nepal’s National Sports Council.

-By Himalaya Subedi