भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

अपडेट : अस्पतालबाट भागेका कोरोना आशंका गरिएका बिरामी फेला परे

अपडेट : अस्पतालबाट भागेका कोरोना आशंका गरिएका बिरामी फेला परे

काठमाडौं । कोरोना आशंकामा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरेपछि भागेका एक बिरामी फेला परेका छन् । उनलाई विराटनगरबाट फेला पारेको प्रहरीले बताएको छ । ती विरामी भागेको भन्दै अस्पताले काठमाडौं प्रहरीलाई जानकारी गराएपछि प्रहरीले मोबाइल ट्र्याक गरेर विराटनगरबाट उनलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार साँझ नियन्त्रणमा लिएको हो । बुधबार राति साढे १० बजेतिर अस्पतालको पछाडिपट्टीको छ्यालबाट भागेका उनलाई अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा पठाइएको छ । कोरोना भाइरस भए–नभएको पुष्टि भएको छैन ।

मंगलबार कोरियाबाट फर्किएका उनलाई परिवारले कोरोनाको आशंकामा टेकु अस्पताल लगेका थिए । टेकुको आइसोलेसन वार्डबाट बिरामी भाग्ने घटना बढेपछि प्रहरी र मनोसामाजिक परामर्शदाता राखिने जनाईएको छ ।

यो पनि पढ्नुहोस्

कोरोना भाइरसको आशंकामा भर्ना भएका एक विरामी अस्पतालबाट ‘फरार’

 

 


Thali Mobile Pvt.Ltd.