भर्खरै : Sorry, your browser does not support inline SVG.
मौसम बदली, आज र भोलि पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना | पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या | विद्युतीय चुलोको प्रयोग बढाउने प्रस्ताव, ऊर्जा खपत वृद्धि रणनीति मस्यौदा तयार | गैह्रीगाउँमा डोजर र स्काभेटर, सुकुम्बासी बस्तीका घरटहरा धमाधम भत्काइँदै | इन्धन र डलरको असर: तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि | वीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, रोशी खोलाको बाढीले डाइभर्सन बगायो | तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन |

आफैले प्रतिबन्ध लगाउन खोजेको टिकटक चलाउँदै ट्रम्प

आफैले प्रतिबन्ध लगाउन खोजेको टिकटक चलाउँदै ट्रम्प

वासिङटन डिसी, । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक चलाउन थालेका छन् । अमेरिकी सरकारले टिकटकलाई प्रतिबन्ध लगाउने तयारी गरिरहँदा शनिबार पूर्वराष्ट्रपति ट्रम्पले टिकटकमा अकाउन्ट बनाएका हुन् । शनिबार न्यू जर्सीस्थित अल्टिमेट फाइटिङ च्याम्पियनसिप युएफसी को म्याच हेर्न पुग्‍दा ट्रम्पले अकाउन्ट बनाएका हुन् । युएफसीका सिइओ डेना ह्वाइटले भनेका छन्, ‘राष्ट्रपति अब टिकटकमा।’ समर्थकहरूलाई हात हल्लाएर अभिवादन गरिरहेको, फोटो खिचाइरहेको भिडिओमा देखिन्छ। उक्त भिडिओ नामको अकाउन्टबाट राखिएको छ ।

नोभेम्बरमा हुने चुनावलाई मध्यनजर गर्दै युवा मतदातालाई लक्षित गरी ट्रम्पले टिकटक चलाउन थालेको समाचार संस्था पोलिटिकोले जनाएको छ । यसो त अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि गत फेब्रुअरीमा टिकटक चलाउन थालेका थिए । उनले पनि राष्ट्रपतीय चुनावलाई मध्यनजर गर्दै उक्त अकाउन्ट खोलेका थिए । अघिल्लो साता मात्रै ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियरले पनि टिकटक अकाउन्ट खोलेका थिए ।

गत अप्रिलमा राष्ट्रपति बाइडेनले एउटा कानुनमा हस्ताक्षर गरेका थिए। टिकटक कम्पनी बाइटडान्स एक वर्षभित्र अमेरिकालाई बेच्नुपर्ने वा अमेरिकी एप स्टोरहरूमा प्रतिबन्ध गर्ने कानुन ल्याइएको थियो । बाइडेनको यो कानुनविरूद्ध बाइटडान्सले अदालतमा मुद्दा समेत दायर गरेको छ । टिकटकविरूद्ध लड्ने राष्ट्रपति बाइडेनमात्रै भने होइनन्। ट्रम्प राष्ट्रपति हुँदा उनले पनि टिकटकलाई प्रतिबन्ध लगाउन खोजेका थिए। राष्ट्रिय सुरक्षाको कारण देखाएर उनले उक्त निर्णय गर्न लागेका थिए ।

तर अहिले ट्रम्प आफैले टिकटक खाता खोलेका हुन्। टिकटक अझै पनि राष्ट्रिय सुरक्षाका लागि खतरा हुने भए पनि यसलाई प्रतिबन्ध लगाउँदा युवा पुस्‍ता असन्तुष्ट बन्ने र यसले फेसबुक कम्पनी मेटालाई थप फाइदा हुने उनको धारणा छ। सन् २०२१ मा क्यापिटलमा भएको दंगापछि फेसबुकले ट्रम्पलाई प्रतिबन्ध लगाएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.