भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

उपत्यका प्रवेशमा पूर्ण रोक लगाउन स्थानीय तहलाई गृहको निर्देशन

उपत्यका प्रवेशमा पूर्ण रोक लगाउन स्थानीय तहलाई गृहको निर्देशन

८ जेष्ठ २०७७, काठमाण्डौ । लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा गृह मन्त्रालयले निषेध गर्ने निर्णयको कडाईपूर्वक कार्यान्वयन गर्न सबै स्थानीय तहलाई अनुरोध गरेको छ । जनप्रतिनिधिको छलफलपछि गृहले यस्तो निर्णयमा लागेको हो ।

जेठ १ गतेको बैठकमा भएको छलफलको निर्णयलाई कार्यान्वय गर्न गृहले उपत्यकाका सबै स्थानीय तहलाई यस्तो अनुरोध गरेसँगै अब उपत्यका प्रवेशमा निषेध गरिने भएको हो । गृहले उपत्यकाका सबै स्थानीय तहलाई कार्यान्वयनका लागि पठाएको पत्रमा काठमाण्डौ उपत्यका प्रवेशका सबै नाकाहरु अत्यावश्यक प्रयोजन बाहेक पूर्णरुपमा सिल गर्न भनिएको छ ।

लुकिछिपी हुने प्रवेशलाई समेत पूर्ण रुपमा बन्द गर्न आग्रह गरिएको छ । ‘नाका प्रवेशका स्थानीय तहहरु लगायत काठमाण्डौ उपत्यकाका सबै स्थानीय तहरुले स्थानीय प्रशासनसँग समन्वय गरी आ–आफ्नो क्षेत्रमा रहेका होटल, पार्टी प्यालेस, सामूदायिक भवन र अन्य संभाव्य स्थलहरुलाई क्वारेन्टायन बस्ने व्यक्ति स्वयंमले क्वरेण्टीन खर्च भुक्तानी गर्ने गरी सम्भावित क्वरेण्टीन प्रयोजनका लागि लागत संकलन र अन्य व्यवस्थापनको कार्य अगाडि बढाउने,’ पत्रमा भनिएको छ ।

‘काठमाण्डौ उपत्यकामा अत्यावश्यक काममा प्रवेश गर्नुपर्ने कुनै व्यक्तिले उपत्यका प्रवेश पूर्व नै स्वयं आफने खर्चमा उपलब्ध भएसम्म आरडीटी परीक्षण गरी सो को रिपोर्ट साथ काठमाण्डौ उपत्यका प्रवेश अनुमतिका लागि माग गर्ने ।’ गर्न माग गरेको थियो ।

Homeafair