भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

उपनिर्वाचन २०७६ः अहिलेसम्म ३९ स्थानको मत परिणाम सार्वजनिक

उपनिर्वाचन २०७६ः अहिलेसम्म ३९ स्थानको मत परिणाम सार्वजनिक

काठमाण्डाैं । शनिबार सम्पन्न उपनिर्वाचन २०७६ को हालसम्म ३९ स्थानीय तहका वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का २२, नेपाली काँग्रेसका ११, राष्ट्रिय जनता पार्टी (नेपाल)का तीन र समाजवादी पार्टीका उम्मेदवारले तीन स्थानमा विजय प्राप्त गरेका छन् ।

कास्की जिल्ला निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य, भक्तपुरको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ (क), धरान उपमहानगरपालिका प्रमुख, महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदको शनिबार भएको निर्वाचनको मतगणना कार्य भइरहेकाे आयोगले जनाएकाे छ ।

प्रतिनिधिसभा सदस्य बागलुङ निर्वाचन क्षेत्र नं २ (ख) र दाङ प्रदेशसभा सदस्य क्षेत्र नं ३ (ख)को मतगणना आज शुरु हुने सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे छ ।

 


Thali Mobile Pvt.Ltd.