भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

कारागारका पाँच सय कैदीबन्दीलाई कोरोना संक्रमण पुष्टि

कारागारका पाँच सय कैदीबन्दीलाई कोरोना संक्रमण पुष्टि

काठमाडाैं । पाँच सय कैदीबन्दीलाई सिराहाको कारागारमा कोरोना संक्रमण पुष्टि भएको छ । पाँच सय ९७ कैदीबन्दी र दुई आश्रित बालबालिका रहेको कारागारमा पाँच सय कैदीबन्दीलाई कोरोना संक्रमण पुष्टि भएको हो । पाँच सय ९७ कैदीबन्दी रहेको कारागारमा पाँच सयमा कोरोना संक्रमण देखिएको कारागार प्रशासनले जनाएको छ ।
संक्रमित महिला पुरुषलाई छुट्टाछुट्टै ठाउँमा राखिएको छ । साउनमा चोरी, ज्यान मार्ने उद्योगअन्तर्गत अदालतको आदेशमा पुर्पक्षका लागि कारागार पठाइएका लहान, धनगढी र भगवानपुरका चारजनाबाट थुनुवाबाट कारागारमा कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ।

शनिबारसम्म कारागारका कैदीबन्दी र थुनुवामध्ये १७ महिला र चार सय ८१ पुरुषमा संक्रमण पुष्टि भएको कारागार प्रमुख बबिता महताले जाकारी दिनुभयो । डेढ र दुई वर्षका दुई बालबालिकामासमेत कोरोना संक्रमण देखिएको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.