भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

कैलालीका युवकले पनि जिते कोरोना युद्व

कैलालीका युवकले पनि जिते कोरोना युद्व

७ बैशाख २०७७, कैलाली । कोरोना सङ्क्रमित एक युवक आज अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् । कैलाली लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवक १६ दिन अस्पताल बसेपछि कोरोनालाई जितेर घर फर्किएका हुन । कोेभिड–१९ को सङ्क्रमणबाट मुक्त भएपछि सेती प्रादेशिक अस्पतालबाट बाहिरिँदै गर्दा उनले निको भएकोमा खुशी व्यक्त गरे।

हिम्मत नहारेमा कोरोनालाई हराउन सकिने र निको भएर घर फर्किन सकिने भएकोले हिम्मतका साथ कोरोनासँग लड्न सबैलाई आग्रह गरे । ११ दिनसम्म क्वरेण्टीनमा र त्यसपछि सेती प्रादेशिक अस्पतालमा १३ दिन आइसोलेशनमा बसरे उनी घर फर्कन पाउँदा खुशी देखिए ।

सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र सेती प्रादेशिक अस्पतालका अध्यक्ष दुर्गा जोशीले पुष्पगुच्छा प्रदान गर्दै बधाई दिएर बिदाइ गरेका थिए । १२ गते भारतबाट घर पुगेका उनलाई चैत २२ गते कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको सेती अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले बताए ।

अब सेतीमा चार जना सङ्क्रमणको उपचार भइरहेको छ । अन्य चार जना कोरोना सङ्क्रमितको अर्को रिपोर्ट पनि पोजेटिभ आएको थियो । धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का ३४ वर्षीय युवक, उनकी ३४ वर्षीय भाउजु, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुष र लम्की चुहा नगरपालिका वडा नम्बर १ की ६५ वर्षीया महिलाको कोरोना रिपोर्ट फेरि पोजेटिभ आएको थियो ।