भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

कोरोना भाइरसकाे आशंका गरिएका २८९५ जनाको परीक्षण (हेर्नुहाेस भिडियाे)

कोरोना भाइरसकाे आशंका गरिएका २८९५ जनाको परीक्षण (हेर्नुहाेस भिडियाे)

काठमाडौं । कोरोना भाइरसको आशंका गरिएका हालसम्म २ हजार ८ सय ९५ जनाको परीक्षण गरिएको छ । ती मध्य २ हजार ३ सय ८२ जना काठमाडौंमा र ५ सय १३ जनाको उपत्यका बाहिर परीक्षण गरिएको हो।

पछिल्लो २४ घण्टामा नयाँ संक्रमित नदेखिएको जानकारी दिदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोरोनाको आशंकामा अहिले १ सय ९३ जनाको नमूना परीक्षण भइरहेको बताए । काठमाडौंमा १८ र उपत्यका बाहिर ९९ जनाको आइसोलेसनमा भर्ना भई उपचार भइरहेको भन्दै मुलुकभर ७ हजार ९ सय ४० जना शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको जानकारी दिए ।

कैलाली र कञ्चनपुरबाट संकलन गरिएको नमूना हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको भन्दै हालसम्म परीक्षण भएका ६६ जनाको रिपोर्ट नेगेटिभ आएको डा देवकोटाले बताए। डडेल्धुरा र बैतडीमा पनि नमूना संकलनका लागि मन्त्रालयले टोली खटाएको छ । मन्त्रालयका अनुसार त्यहाँबाट ४ सय बढीको नमूना संकलन गरिनेछ।

कोरोना परीक्षणका लागि मन्त्रालयले प्रत्येक प्रदेशमा पाँच हजारका दरले ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) पठाएको बताएकाे छ । बागलुङ, म्याग्दी र पर्वतमा आरडीटी सम्बन्धी तालिम दिएर परीक्षण सुरु गरिएको मन्त्रालयले जनाएको छ। विराटनगर, जनकपुर, बुटवल, पाटन लगायतमा रियल टाइम पिसिआरको ठुलो मेसिन जडान गर्ने तयारी सुरु भइसकेको प्रवक्ता देवकोटाले पत्रकार सम्मेलन मार्फत जनाएका छन् ।
भिडियाे तल थिच्नु हाेस् 

https://www.facebook.com/Kailashkhabarnews/videos/1452039571642992/

 


Thali Mobile Pvt.Ltd.