९ बैशाख २०७७ काठमाडाैं । विश्वका २ सय १० देशमा काेराेना फैलिँदा २४ लाख ८१ हजार भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये ६ लाख ५१ हजार ५ सय ४२ जना निको भएका छन् । १६ लाख ६२ हजारभन्दा धेरैको उपचार चलिरहेको छ भने ५६ हजार ७ सय २० जना गम्भीर अवस्थामा रहेका छन् । संसारमा १ लाख ७० हजार ४५५ भन्दा धेरैको ज्यान गएको छ । यूरोपमा मात्र ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ ।
स्पेनमा मात्रै २ लाख भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने साढे २० हजार भन्दा धेरैको ज्यान गएको छ । इटालीमा २४ हजारभन्दा धेरैको ज्यान गएको छ भने १ लाख ८१ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । यसैगरी फ्रान्समा पनि २० हजारभन्दा धेरैको ज्यान गएको छ ।
यूरोपपछि उत्तर अमेरिका प्रभावित छ । त्यहाँ ८ लाख ५० हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा संयुक्त राज्य अमेरिकामा सबैभन्दा धेरै ७ लाख ९१ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको छ, ४२ हजारभन्दा धेरैको ज्यान गएको छ । त्यहाँ गएको २४ घण्टामा १९ सय भन्दा धेरैको ज्यान गएको छ । जार ५ सय भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।