धार्चुला । क्वारेनटाइनमै आमाको किरिया बसेका वासुदेवलाई नेपाल ल्याउन गृहको ध्यानाकर्षण भएको छ । दार्चुलास्थित घरमा आमा बितेपछि भारतको धार्चुला क्वारेनटाइनमा किरिया बसेका वासुदेव भट्टलाई नेपाल ल्याउन गृह मन्त्रालयले पहल थालेको छ । उपयुक्त व्यवस्था मिलाउनका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आवश्यक गृहले निर्देशन दिइएको जनाएको छ ।
लकडाउनका कारण भारतमै अलपत्र परेका शैल्यशिखर नगरपालिका १ का वासुदेवकी आमाको मंगलबार मृत्यु भएको थियो । लकडाउनका कारण आउन नपाएपछि उनी धार्चुलाको क्वारेन्टाइनमै बसेका छन् । सञ्चारमाध्यममा उनको तस्बिरसहितको समाचार वाहिरिएपछि सरकारी अधिकारीको ध्यानाकर्षण भएको हो ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रक्रिया अगाडि बढाएको गृह प्रवक्ता केदारनाथ शर्माले बताएका छन् । उनले भने, “हामी सम्पूर्ण रूपमा तयार भएर बसेका छौं । तर भारततर्फको कुरा भएकाले दिल्लीबाटै अनुमति पाउनुपर्ने र भारतले अनुमति दिनेबित्तिकै हामी उहाँलाई घरमा पु¥याउँछौं ।”
लकडाउनका कारण कैयौं मानिस पैदल हिडेर घर सम्म पुगेका छन् । सरकारले लकडाउनलाई अझै कडाइका साथ अगाडि बढाएको छ ।