भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

चीनबाट ल्याइएका विद्यार्थी पुगे भक्तपुरको क्वारेन्टाइनमा

चीनबाट ल्याइएका विद्यार्थी पुगे भक्तपुरको क्वारेन्टाइनमा

फागुन ४ काठमाडौं । : चीनबाट ल्याइएका १ सय ७५ विद्यार्थी भक्तपुरको खरिपार्टीमा निर्माण गरिएको क्वारेन्टाइनमा पु¥याइएको छ ।
कोरोना भाइरस फैलि रहेको वेला चीनको वुहान शहरबाट १ सय ७५ जना विद्यार्थीलाई उद्दार गरी खरिपार्टी क्वारेन्टाईन पु¥याइएको हो ।
आइतबार बिहान ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुलाई भत्तफुरको खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणमा निर्माण गरिएको क्वारेन्टाइनमा पु¥याइएको जनाइएको छ । वुहानबाट ल्याइएकालाई एउटा एम्बुलेन्स र पाँच वटा ठूलो बसमा सुरक्षाकर्मीले स्कटिङ गरेर विमानस्थलदेखि खरिपाटीसम्म पु¥याएको हो । विमानस्थमालमा उनीहरुको स्वास्थ्य चेक गर्दा कुनै खालको समस्या नदेखिको जनाइएको छ ।
चीनबाट फर्किन आवेदन दिएका १ सय ८५ जना मध्ये ६ जनाको स्वास्थ्यमा समस्या आएका कारण चीनमै रोकिएका छन् । चार जनाले नेपाल फर्कन अस्वीकार गरेको चीनमा रहेको नेपाली दूतावासले जानकारी दिएको छ ।
चीनमा वुहानबाट ५५ जना, झिङझाओबाट ४८, सियनबाट २९ जना, इन्सीबाट २६ जना, जिङमेनबाट ९ जना र यिचाङबाट ८ जना गरि एक सय ३४ जना पुरुष र ४१ जना महिलासहित एक सय ७५ जना नेपाल ल्याइएको हो ।

 


Thali Mobile Pvt.Ltd.