भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

बसकाे टिकट जाँच गर्ने सीडीयो जाजरकोटमा

बसकाे टिकट जाँच गर्ने सीडीयो जाजरकोटमा

जाजरकाेट । बसकाे टिकट जाँच गर्छन् सीडीयाे भन्दा अच्चमा लाग्याे हाेला याे यथार्थ जाजरकाेटकाे हाे । तोकिएको भाडा दरभन्दा बढी भाडा यात्रुबाट असुले पछि जाजरकाेटका सीडियाेले आफै टिकट जाँच गर्न हिडेका छन् । यातायात व्यवसायीले बढी भाडा असुलेको गुनासो आएपछि सीडियोले यस्ताे गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलगायतको टिमले अनुगमनका क्रममा यात्रुहरुको टिकट जाँच गर्दा सुनेकाे जस्तै भाडा असुलेकाे पत्ता लगाएका हुन । प्रत्येक यात्रुबाट टिकट मागेर बढी रकम गाडीभित्रै फिर्ता गराई सचेत गराएको प्रमुख जिल्ला अधिकारी पन्तले बताए ।

सदरमुकामबाट पैदल तीन घण्टा टाढाको दूरीमा रहेको भेरी नगरपालिकाको कुदुमा गएर अनुगमन गर्दा यस्ताे पाइएकाे हाे । कुदुमा पहिलोपटक प्रमुख जिल्ला अधिकारीलगायतको टोली गएर अनुगमन गरेकोमा स्थानीयवासी समेत खुसी भएका छन् ।

जनताबाट व्यापक गुनासाे सुनेपछि अनुगमनमा निस्किएकाे भन्दै पन्तले गाडी चलाउने इन्धनमा समेत बढी शुल्क लिएको,  पसलहरूमा म्याद गुर्जेको सामग्री बिक्री वितरण भैरहेको र उक्त सामग्री नियन्त्रणमा लिएर कार्वाही प्रक्रिया समेत अगाडी बढाएकाे बताए ।

 


Thali Mobile Pvt.Ltd.