२० जेठ २०७७ मंगलबार काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ ।
नेपालमा थप २८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७० जना पुरुष र १८ जना महिलामा संक्रमण देखिएको छ ।
आज थपिएका २८८ सहित नेपालमा संक्रमितको संख्या २ हजार ९९ पुगेको प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । संक्रमण देखिएकामध्ये १९४९ जना पुरुष रहेका छन् भने जना १५० महिला रहेका छन् ।
हालसम्म देशका ६१ जिल्लामा संक्रमण देखिएको छ । हालसम्म संक्रमितमध्ये २६६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । संक्रमण देखिएकामध्ये ८ जनाको मृत्यु भएको छ ।