भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

थप ४४६ जनामा काेराेना संक्रमण, नेपालमा संक्रमितको संख्या २२ हजार नाघ्यो (भिडियाे)

थप ४४६ जनामा काेराेना संक्रमण, नेपालमा संक्रमितको संख्या २२ हजार नाघ्यो (भिडियाे)

२३ साउन २०७७ काठमाडौं ।नेपालमा थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पिसिआर परीक्षणमा क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको हाे ।

आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ । शुक्रबार ४२५ जना उपचारपछि निकाे भइ डिस्चार्ज भएका छन् भने नेपालमा हालसम्म १५ हजार ८ सय १४ जना उपचारपछि निको भएका छन् ।

७० संक्रमितको मृत्यु
नेपालमा हालसम्म ७० जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मिडिया ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा ७० जना संक्रमितको मृत्यु भएको जानकारी दिए । नेपालमा हालसम्म २२ हजार २१४ जना संक्रमित भएको र हालसम्म १५ हजार ८१४ जना निको भएर घर फर्किएको समेत प्रवक्ता डा गौतमले जानकारी दिए ।

भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/926822707806691/

वीरमा एक डाक्टरसहित ३५ कर्मचारी क्वारेन्टाइनमा
वीर अस्पतालमा कार्यरत थप १ जना डाक्टरमा कोरोना भाइरसको संक्रमण देखिएको छ । अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक चिकित्सकलाई कोरोना देखिएको अस्पतालका निर्देशक डा केदार सेञ्चुरीले बताए । वीर अस्पतालमा बिहीबार पनि एक चिकित्सकलाई कोरोना देखिएको छ । अस्पतालका २ डाक्टरमा कोरोना देखिएपछि ३५ जनालाई क्वारेन्टाइनमा राखिएको डा सेञ्चुरीले बताए । कोरोना संक्रमण देखिएका दुवै जनामा ज्वरोको लक्षण देखिएको छ ।

जोखिम भत्ता समान रुपमा वितरण गर्न आग्रह
नेपाल चिकित्सक संघले जोखिम भत्तामा समान रुपमा वितरण गर्न सरकारलाई आग्रह गरेको छ । सरकारले घोषणा गरेको जोखिमभत्ता वितरणमा विभेदीकरण गरिएकोमा भन्दै समान रुपमा वितरण गर्न आग्रह गरेको हो । कोभिड बीमा अनिवार्य रुपमा लागू गरी उच्च मनोबलका साथ सुरक्षित भई काम गर्ने वातावरण बनाउन सरकारलाई समेत आग्रह गरेको छ । नेपालमा ८० बढी स्वास्थ्य संस्थाका २ सय २१ जना स्वास्थ्यकर्मीहरु मध्ये ५१ जना चिकित्सकहरु संक्रमित हुँदा स्वास्थ्य सेवा प्रवाहमा असर पुगेकोले भन्दै संघले यस्तो माग गरेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.