भर्खरै : Sorry, your browser does not support inline SVG.

नेपालमा अहिले सम्म ३ जना कोरोना संक्रमित

नेपालमा अहिले सम्म ३ जना कोरोना संक्रमित

काठमाडौं । कोभिड(१९ को नयाँ संक्रमित भेटिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएपछि हाल सम्म तीन जना भेटिएका हुन् । अहिलेसम्म ६ सय ८७ जनाको नमुना परीक्षण गरिएकोमा ६ सय ८४ जनाको रिपोर्ट नेगेटिभ देखिएको हो ।

चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । त्यसपछि ४ चैतमा फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा संक्रमण देखिएको थियो । यस पछि सरकारले देश नै लकडाउन गरेको थियो ।

बुधबार तेस्रो संक्रमित भेटिएका छन् ।प्रयोगशाला रिपोर्टमा थप एक जनाको पोजेटिभ रिर्पो आएसंगै नेपालमा अहिले सम्म तीन जना कोरोना पोजेटिभ भएको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले बताए ।

Mohotsav


Thali Mobile Pvt.Ltd.