भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

नेपालमा २३६६ जनाको कोरोना परीक्षण, नयाँ संक्रमित भेटिएनन्

नेपालमा २३६६ जनाको कोरोना परीक्षण, नयाँ संक्रमित भेटिएनन्

काठमाडौं । नेपालमा अहिलेसम्म २ हजार ३ सय ६६ जनाको कोरोना भाइरसको परीक्षण गरिएको छ भने पछिल्लो २४ घन्टामा नयाँ संक्रमित देखिएका छैनन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ संक्रमित नदेखिएको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रवक्ता डा. देवकोटाका अनुसार काठमाडौं उपत्याकाभित्र १९६५ र उपत्यका बाहिर ४ सय १ जनाको कोरोना भाइरसको परीक्षण गरिएको हो। हालसम्म २ हजार ३ सय ६६ जनाको परीक्षणमा नयाँ संक्रमित नदेखिएको उनले बताए।

स्वास्थ्य मन्त्रालयले नमुना परीक्षणको कामलाई विस्तार गरिरहेको बताए। नेपालमा ९ जनामा मात्र कोरोना भाइरसको संक्रमण देखिएको छ । यस मध्येमा १ जना उपचार पछि निको भइसकेको छ । हाल अस्पतालमा उपचाररत ८ जनाको अवस्था पनि सामान्य रहेको प्रवक्ता डा. देवकोटाले जानकारी दिए।

 


Thali Mobile Pvt.Ltd.