भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

बच्चा बोकेकी महिलामाथि लाठी बर्साउने इन्सपेक्टर देवीप्रसाद छानबिनको दायरामा

बच्चा बोकेकी महिलामाथि लाठी बर्साउने इन्सपेक्टर देवीप्रसाद छानबिनको दायरामा

काठमाडौं । नागरिक र प्रहरीबीचको सम्बन्ध बढाउन प्रहरीले ‘प्रहरी मेरो साथी’ अभियान चलाइरहदा विहिवारको घटनाले उलटपुलट पारिदिएको छ । विश्वास जित्नका लागि प्रहरीले थालेको यस्तो अभियान प्रहरीकै व्यवहारले आफ्नै अभियानको ‘खिल्ली’ उडाइरहेको नागरिकले बताएका छन्।

नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी (जर्नेल) को बचाउमा लागेर महानगरीय प्रहरी प्रभाग भैंसेपाटीका प्रमुख इन्सपेक्टर देवीप्रसाद पौडेलले बच्चा बोकेकी एक महिलामाथि बर्बरता पूर्वक लाठी बर्साए । इन्सपेक्टर पौडेलले महिलालाई बर्साएको लाठी भिडियो यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।

आफ्नो कर्तव्य र मानवता गुमाएर एक जिम्मेवार प्रहरी अधिकृतले बच्चा बोकेकी महिलामाथि लाठी बर्साएको दृश्यले प्रहरी सङ्गठनको बदनाम गरेको छ । श्रीमानको अन्यायमा परेर न्यायको भिख माग्दै बच्चा काखमा च्यापेर प्रहरी कार्यलयमा नै देखिने गरेकी हेमा, प्रहरी कै लाठी प्रहारमा थला परेको घटनालाई नागरिकले चाँसोका साथ हेरेका छन् ।

घटना यस्तो छ
भैँसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घरभित्र विहिवार एक महिला प्रवेश गरेपछि इन्स्पेक्टर पौडेलले श्रेष्ठलाई लाठी हाने । खत्री र माला शाह नामक महिलाबीच भएको विवादका क्रममा पौडेलले श्रेष्ठलाई लाठीचार्ज गरेका हुन् ।

खत्रीसँग आफ्नो पुरानो सम्बन्ध रहेको भन्दै माला शाह नाम गरेकी महिलाले श्रेष्ठसँगै केही महिलालाई साथमा लिएर खत्रीको घर पुगेकी थिइन् । महिलाहरुको भिड देखेपछि खत्रीले प्रहरीले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै घटनास्थल पुगेका इन्सपेक्टर पौडेलले महिलामाथि बल प्रयोग गरेका हुन् ।

भिडियोमा देखिएका बेला बच्चालाई पिठ्युँमा बोकेकी हेमा श्रेष्ठलाई प्रहरीले गाडीबाट धकेलेर पछाडिबाट लाठी प्रहार गरेको छ । काखमा बच्चा बोकिरहेकी महिलालाई लाठीले पछाडिबाट जोडजोडले हिर्काउँदै कुनै एक घरको प्रवेशद्वारतर्फ खेदाइरहेको देखिन्छ । पछि प्रहरीले ४ महिलालाई नियन्त्रणमा लिएको छ ।

यता, इन्सपेक्टर पौडेलले लाठी हानेको स्वीकार्दै अर्काको घरभित्र छिरेर तोडफोड गरेपछि सामान्य प्रहार गरिएको इन्सपेक्टर पौडेलको भनाइ छ । घटना हुँदा महिला प्रहरी पनि घटनास्थलमै रहेको बताएको छ । घटनाका दोषीलाई कानुनअनुसार सशक्त रुपमा कारबाही हुने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले बताएका छन् । ‘दोषी कसैलाई पनि नछाडिने भन्दै पौडेलमाथि अनुसन्धान सुरु भइसकेको पोखरेलले बताए ।

छानबिन

मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ परिच्छेद २ मा पक्राउ गर्नै परे पनि महिला प्रहरीद्वारा पक्रन लगाउनुपर्ने स्पष्ट व्यवस्था गरिएको छ । तर, महिलालाई पक्रन होईन कुट्न पुरुष इन्सपेक्टर पौडेल आफै नै अघि सरे। पक्राउ गर्नुपर्ने अवस्थामा तत्काल महिला प्रहरीले उपलब्ध नभएमा निजको इज्जत वा प्रतिष्ठामा आँच नआउने गरी महिलाको शारीरिक संवेदनशीलताको सम्मान गर्दै पुरूष प्रहरी कर्मचारीले पक्राउ गर्न बाधा पर्ने छैन ।’ भनेर कार्यविधि आचारसंहितामा स्पष्टै भनिएको छ ।

यस्तो व्यवस्था हुदा हुदै पनि हेमा श्रेष्ठलाई लाठी बर्साउने इन्सपेक्टर देवीप्रसाद पौडेलमाथि प्रहरीले आन्तरिक छानविन सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयको निर्देशनमा ललितपुर प्रहरी परिसरले छानविन सुरु गरेको हो । प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेर घटनाबारे यर्थाथ विषय पत्ता लगाएर प्रतिवेदन बुझाउन निदेर्शन दिईएको छ ।
यता नागरिकले प्रहरी संगठनलाई नै बदनाम गराउने इन्सपेक्टर देवीप्रसाद पौडेललाई हदै सम्मको कारवाही हुनुपर्ने बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.